२०८० जेठ २४ गत बुधवार | June 07, 2023

गृहपृष्ठ अर्थमन्त्रीमा शर्मा नियुक्त, नवनियुक्त मन्त्री शर्माले लिए आजै शपथ

अर्थमन्त्रीमा शर्मा नियुक्त, नवनियुक्त मन्त्री शर्माले लिए आजै शपथ

अर्थमन्त्रीमा शर्मा नियुक्त

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए।

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन्।

मन्त्री शर्माले रास्ट्रपति समक्ष आजै सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु