२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ अल्गार्भ एनआरएनएको फुटबल सम्पन्न, हिमालय गोर्खाको पोल्टामा कप

अल्गार्भ एनआरएनएको फुटबल सम्पन्न, हिमालय गोर्खाको पोल्टामा कप

केशव नेउपाने, अल्गार्भ, पोर्तुगल । गैह्र-आवासिय नेपाली संघ, क्षेत्रिय समन्वय परिषद्, अल्गार्भको आयोजनामा Complexo Desportivo de Monte Gordo नामक खेल मैदानमा यही २५ जनवरी २०२० शनिवारका दिन “NRNA-RCC, Algarve Cup, Footbal Tournament 2020” Monte Gordo मा सम्पन्न भएको छ।

पोर्चुगलका NRNA का संस्थापक अध्यक्ष श्री पुर्ण बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा Câmara Municipal (नगरपालिका) de Vila Real de Santo António की president (नगर प्रमुख) São Cabrita, युरोप नेपाल स्पोर्ट्स एसोसिएशन बेल्जियमका सल्लाहकार राम बहादुर पुन तथा अतिथिका रुपमा NRNA पोर्चुगल का उपाध्यक्ष मच्छिन्द्र अर्याल, जनसम्पर्क समिति पोर्चुगलका उपसभापति नविन आचार्य, मोन्तेगोर्दो नेपाली समाजका अध्यक्ष खेम गुरुङ्, NRNA आयरल्याण्ड पुर्व केन्द्रिय सदस्य विष्णु प्रसाई, Loulé Sem Fronteiras की Karla Diniz Caiado, NRNA Portugal का केन्द्रिय सदस्य दिपक बहादुर के. सी. लगायत विभिन्न संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको छ।

अल्गार्भ क्षेत्रबाट जम्मा ११ टिम समावेश भएको उक्त Tournament मा “Himalaya Gorkha, São Brás de Alportel” विजेता तथा ‘Monte Gordo समुह बि’ उपविजेता भएका छन्।

लिग चरण देखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्बाधिक गोलकर्तामा ‘मोन्तेगोर्दो – बि’ का राकेश गुरुङ्, उत्कृष्ट खेलाडीमा “Himalaya Gorkha, São Brás de Alportel”का निशान हमाल र उत्कृष्ट गोलरक्षकमा मोन्तेगोर्दोका सन्तोष रम्तेल भएका छन्।

झण्डै ५०० दर्शक उपस्थिति रहेको उक्त टुर्नामेन्ट सफल बनाउनका लागी विशेष सहयोग पुर्याएका थिए ।

कार्यक्रमलाई आर्थिकरुपमा सहयोग गर्ने सहयोगदाताहरु यसप्रकार रहेका छन् :

दर्शन नेपाल – लिस्बन् – €५५५ (विजेता समुहका लागि),

दियालो नेप्लिज रेष्टुरेण्ट बाट €२५१ (उपविजेताका लागि)

पुर्णबहादुर हमाल – €४८३ (मेडल र ट्रफिहरुका लागि),

तिलक गैह्रे (अध्यक्ष-NRNA, Portugal) – €३५१,

लक्ष्मी ट्राभल, लिस्बनबाट – €३०१,

नविन आचार्य (उप-सभापति-जनसम्पर्क समिति, पोर्चुगल) – €२०१,

भिमसेन थापा (वरिष्ठ उपाध्यक्ष-NRNA, Portugal) – €१२५,

SN Travel, Quarteira – €१०३

रामबहादुर पुन (सल्लाहकार – युरोप नेपाल स्पोर्ट्स एसोसिएशन, बेल्जियम) – €१०१ (सर्वाधिक गोलकर्ताका लागि पुरस्कार राशी),

भुपाल कार्की मोन्तेगोर्दो – €६१ (उत्कृष्ट खेलाडीका लागि पुरस्कार राशी),

सरोज पुन ज्यु, इङ्ल्याण्ड – €६१ (उत्कृष्ट गोलरक्षकका लागी पुरस्कार राशी),

बसुन रेष्टुरेण्ट, मोन्तेगोर्दो – €१६६ (मोन्तेगोर्दो-ए समुहका लागी जर्सी),

विनोद गौचन ज्यु, नर्वे – €१३८ (मोन्तेगोर्दो-बि समुहका लागी जर्सी),

कुमार गुरुङ् ज्यु, बेल्जियम – €१०० (पिउने पानीको व्यवस्था) ।
रामप्रसाद भट्ट मोन्तेगोर्दो – €७० (चियापान व्यवस्थापन)

उक्त कार्यक्रमको उदघाटन् तथा समापन समारोहको अध्यक्षता NRNA-RCC, Algarve का अध्यक्ष श्री अनिल शर्माले गर्नुभएको थियो भने संचालन NRNA-RCC, Algarve का सचिव श्री कमल थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु