२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ आइसोलेसनमा रहेका बुटवलका एक युवाको ज्यान गयो,रिपोर्ट आउन भने बाँकी

आइसोलेसनमा रहेका बुटवलका एक युवाको ज्यान गयो,रिपोर्ट आउन भने बाँकी

बुटवलका एक युवाको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ।उनी बैदेशिक रोजगारीकै शिलशिलामा बिदेशमा रहेका थिए भने यहीँ चैत ६ गते नेपाल आएका थिए ।घर फर्किएपछि उनलाई सामान्य ज्वोरो र खोकी लागेको थियो।

उनी एक मेडिकलमा सामान्य उपचारपछि घरमै बसेका थिए।यद्यपि एक हप्ता सम्म पनि ज्वोरो निको नभएपछि उनलाई शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।उनको उपचारकै क्रममा आइतबार मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

उनको स्वाब परिक्षणका लागि काठमाडौं पठाइएको र केही दिनमै रिपोर्ट आउने अस्पतालले जनाएको छ।रिपोर्ट आएपछि मात्र कोरोना संक्रमण थियो वा थिएन भन्ने सन्दर्भमा पुष्टि हुने अस्पतालका वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु