२०८० जेठ २० गत शनिवार | June 03, 2023

गृहपृष्ठ आगोमा जलेर गुल्मीमा एक महिलाको ज्यान गयो

आगोमा जलेर गुल्मीमा एक महिलाको ज्यान गयो

आगोमा जलेर गुल्मीका ८३ वर्षीया महिलाको मृत्यु भएको छ।

गुल्मीको इस्मा गाउँपालिका १ हस्तीचौर मल्दीकी पवित्रा खत्रीलाई उपचारका लागि पाल्पा लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।

आगो तापेर बसिरहेकी खत्रीको साडीबाट शरीरमा आगो फैलिएको र घाइते खत्रीलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा १ हस्तीचौरका वडाध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु