२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ आज एमाले दुबै पक्षको छुट्टाछुट्टै बैठक,ओली र नेपाल आ-आफ्नै रस्साकस्सीमा

आज एमाले दुबै पक्षको छुट्टाछुट्टै बैठक,ओली र नेपाल आ-आफ्नै रस्साकस्सीमा

नेकपा एमालेको केपी शर्मा ओली र माधव-झलनाथ पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ।

ओली पक्षले अपरान्ह ४ बजेलाई स्थायी कमिटी बैठक बोलाएको छ भने नेपाल पक्षीय केन्द्रीय समितिको बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दै छ।ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेता छैनन्।

काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर अन्य केही नेताहरुलाई राखेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ।

यता अध्यक्ष ओलीकै कारण अब एकताको सम्भावना टर्दै गएको नेपालले बताउँदै आइरहेका छन्। आफू अप्ठ्यारोमा पर्दा मात्रै ओलीले वार्ताको कार्ड फ्याँक्ने गरेको नेपाल पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु