गृहपृष्ठ आज देशैभर वर्षा हुने,सतर्क रहन महाशाखाको आग्रह
आज देशैभर वर्षा हुने,सतर्क रहन महाशाखाको आग्रह

मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै राती देशका अधिकाँश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश थोरै स्थानहरुमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।