गृहपृष्ठ आत्महत्याको प्रयास गरेका गायक परियारको निधन
आत्महत्याको प्रयास गरेका गायक परियारको निधन
गुल्मेली गायक दीपक परियारको दुखद निधन भएको छ।आत्महत्याको प्रयास गरेका गायक परियारको उपचारका क्रममा मृत्यु भएको हो।
गुल्मीको चन्द्रकोट गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।
तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिए।
कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन्। उनी पछिल्लो क्रममा निकै चर्चाको केन्द्रमा पुगेका थिए। उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए।
दीपकको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।उनको मृत्युको खबरले समग्र लोकपारखीहरु स्तब्ध बनेका छन्।