२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ आदिवासी जनजाती महासंघ बेल्जियममा नयाँ नेतृत्व,वीरमान घर्तीमगर बने अध्यक्ष

आदिवासी जनजाती महासंघ बेल्जियममा नयाँ नेतृत्व,वीरमान घर्तीमगर बने अध्यक्ष

वीरमान घर्तीमगरको अध्यक्षतामा आदिवासी जनजाती महासंघ बेल्जियमले नयाँ कार्यसमिति पाएको छ।

विश्व आदिवासी दिवसको अवसरमा बेल्जियमको शैक्षिक शहर लुवेनमा आयोजित एक कार्यक्रममा वीरमानको अध्यक्षतामा आदिवासी जनजाती महासंघ बेल्जियमले नयाँ कार्यसमिति पाएको हो।

नन्द राज घलेको संयोजकत्वमा अनिता लामा र नेत्र बहादुर मगर सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले अगामी २०२२/२५ कार्यकालको लागि वीरमानको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिलाई सर्वसम्मत पारित गरेको हो। आदिवासी जनजाती महासंघको उपाध्यक्षमा मुना राई, होम तमु र सूर्यनारायण श्रेष्ठ चयन भएका छन्।

त्यस्तै महासचिवमा पेम्बा गेलु शेर्पा, सचिवमा रबिन राई र यम कुमारी तमुस्यो (उमा), कोषाध्यक्षमा कविता सावदेन (लिम्बू) र सह–कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सूर्य बहादुर तमु, नीता पुन, ललित पुन, झोरमान तामाङ्ग, सुश्री कला लिम्बू, शेर बहादुर छन्त्याल र लाल तामाङ चयन भएका छन्।

अन्य पाँच जना सलस्यहरुलाई भने कार्यसमितिले मनोनित गर्ने जानकारी गराइएको छ । नव निर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलका सदस्य अनिता लामाले सपथ गराइएकी थिइन्, भने निवर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष डिल्ली सुब्बाले सफल कार्यकालको लागि शुभकामना दिएका थिए।

नव निर्वाचित अध्यक्ष वीरमान घर्तीमगरले आफ्नो कार्यकालमा आदिवासी जनजाती महासंघ बेल्जियमलाई बेल्जियमको नेपाली समुदायबीच एउटा सशक्त नेपाली समाजको रुपमा स्थापित गराउने र आदिवासीको मुल मुद्दालाई सँधै बोकिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए।

महासंघका संस्थापक अध्यक्ष पीजी शेर्पाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई मुना राईले स्वागत गरेकी थिइन्। त्यस्तै आदिवासी जनजाती महासंघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले पठाएका शुभकामना मन्तव्यलाई महासचिव नन्द राज घलेले पढेर सुनाएका थिए।

शेर्पा किदुङ्ग बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष ओम राज तमु, विश्व मगर समाज बेल्जियमका अध्यक्ष लोक राना मगर, तामाङ्ग समाजका अध्यक्ष राम लामा, संयुक्त किराँत समाजका कार्यबाहक अध्यक्ष इन्दिरा चाम्लिङ्ग, प्रथम उपाध्यक्ष कविता सावदेन, थकाली समाजका अध्यक्ष सरोज गौचनलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए।

कार्यक्रमको सोही अवसरमा विश्व आदिवासी आन्दोलन बारे उपाध्यक्ष होम तमुले विचार राखेका थिए। त्यस्तै उनले गर्त वष कोरोना प्रभावित क्षेत्रमा ६ थान अक्सिजन कन्स्ट्रेटर उपलब्ध गराउने सात जातीय समाजहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु