गृहपृष्ठ आधिकारिकतापछि यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक
आधिकारिकतापछि यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्।
दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने आजको बैठकमा सहभागी नहुने भएको छ । ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले बैठकबारे आफूहरुलाई जानकारी नभएकाले नजाने बताए।
५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षमा ३४ जना सदस्य देखिएपछि आयोगले सोमबार यादव पक्षलाई नै आधिकारिकता दिएको थियो।