२०७८ जेठ २६ गते बुधवार | June 09, 2021

Bharat Poudel

गृहपृष्ठ आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक्न सीसीएमसीको सिफारिस

आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान रोक्न सीसीएमसीको सिफारिस

कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको सिसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो।स्रोतका अनुसार सिसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजानेछन्।

त्यसपछिको छलफलपश्‍चात् सिसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ।हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन्। हवाई सेवामा भने रोक लगाइएको थिएन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु