गृहपृष्ठ आपतकालीन सुरुङको सफल ब्रेक थ्रू
आपतकालीन सुरुङको सफल ब्रेक थ्रू

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गअन्तर्गत आकस्मिक सुरुङको सफलरुपमा व्रेक थ्रू गरिएको छ। निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको ‘ब्रेक थ्रू’ गरिएको हो।
नागढुङ्गा सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युताकासहित उच्च अधिकारीको उपस्थितिमा ब्रेक थ्रू गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई, सडक विभागका महानिर्देशक सुशीलकुमार ढकाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रतिनिधिसभाका सदस्यहरू पनि सुरुङभित्रै सहभागी थिए।
मुख्य सुरुङ छिचोल्न बाँकी नै भए पनि आकस्मिक सुरुङबाट भने अबदेखि धादिङ काठमाडौँ वारपार गर्न सकिने कन्सल्टेन्सी इन्जिनियर रमेशप्रसाद कोइरालाले जानकारी दिए।