गृहपृष्ठ इजरायलबाट फर्किएका नेपालीहरु जब विमानस्थल झरे,खुशीले रोए अंकमाल गरे जहाँ आफन्तहरु व्यग्र प्रतीक्षामा थिए
इजरायलबाट फर्किएका नेपालीहरु जब विमानस्थल झरे,खुशीले रोए अंकमाल गरे जहाँ आफन्तहरु व्यग्र प्रतीक्षामा थिए

जब इजरायलबाट विमानस्थलमा नेपाल एयरलाइन्सको जाहाज ल्यान्डिङ भयो,त्यतीखेर फर्किएका नेपालीहरुका आफन्तजनहरु व्यग्र प्रतीक्षामा थिए।
जब भेटे कोही खुशीले गदगद भए,कोही अंकमाल गरेर रोए पनि।घटनाबाट पीडित मध्ये २ सय ५४ नेपाली नागरिक शुक्रबार बिहान स्वदेश आइपुगेका छन्।
नेपाल एयरलाइन्सको विमानबाट उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको हो।आफ्ना नागरिकको उद्दार सुरु गर्ने क्रममा सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई विमान लिएर इजरायल पठाएको थियो।
स्वदेश आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने जानकारी दिए।
उनले नियमित फ्लाईटहरु मार्फत् पनि ल्याइने जानकारी दिए । ‘रेगुलर फ्लाईटबाट भएपनि नेपालीलाई देश फिर्ता गरिनेछ। परिवारले चिन्ता लिनु पर्दैन। सरकार समर्पित भएर लागेको छ’ उनले भने । ५०३ जनाले आउन आवेदन दिएकोमा अहिले २५४ जनालाई ल्याइएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए।
यो पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि छन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरूले बताएपछि उनी स्वदेश आएका हुन्।
आक्रमणमा परी घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ। आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन्। १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो। शव ल्याउने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री साउदले इजरायलमा रहेका नेपालीको उद्दारका लागि आवश्यकता अनुसार विमान पठाइने बताए।