२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ इजरायलमा भाषा परिक्षा दिएकाहरुको नतिजा सार्वजनिक

इजरायलमा भाषा परिक्षा दिएकाहरुको नतिजा सार्वजनिक

इजरायलमा सुसारे (केयरगिभर)मा जानेको अन्तिम नतिजा सार्वजनिक भएको छ। भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाको वैदेशिक रोजगार विभागको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारतर्फबाट गोलाप्रथा प्रणालीमार्फत एक हजार १७५ जना छनोट भएका हुन्।

नेपालबाट विभिन्न चरण पार गरी एक हजार छ सय नेपालीलाई सूचीकृत गरिएकोमा त्यो सङ्ख्याका श्रमिक गोलाप्रथाबाट छानिएका हुन्। विभागका अनुसार छनोटमा परेकामध्ये सिफारिसमा परेकालाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ८२१ महिला (७० प्रतिशत) रहेका छन् भने र ३५४ पुुरुष (३० प्रतिशत) छनोट परेका छन्। सूचीकृतहरूको छनोट इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथा प्रणालीमार्फत भएको थियो।

अभौतिक रूपमा गरिएको उक्त छनोट कार्यक्रममा वैदेशिक रोजगार विभागलगायत अन्य केही सरोकारवालाको पनि सहभागिता रहेको थियो। छनोटमा परेका व्यक्तिले अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट लिनुपर्नेछ भने उक्त प्रक्रियामा अनुुत्र्तीण भएमा इजरायल जान पाइँदैन। यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी मोडलबाट भएको छ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे (केयरगिभर)का लागि नेपाली सहायक श्रमिक पठाउन लागेको हो। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु