गृहपृष्ठ इजरायल र प्यालेस्टाइनको युद्धमा ठुलो जनधनको क्षति,गाजा क्षेत्रमा स्थिति निकै तनावपूर्ण
इजरायल र प्यालेस्टाइनको युद्धमा ठुलो जनधनको क्षति,गाजा क्षेत्रमा स्थिति निकै तनावपूर्ण

इजरायलले प्यालेस्टाइनमा भीषण बमबारी गरेको छ।केही दिनदेखि लगातार प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले हबाइ हमला जारी राखेको छ।
उक्त आक्रमणमा परी कम्तीमा १३९ ज्यान गएको छ भने एक हजार भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।मृतक मध्ये ४० भन्दा बढी बालबालिका भएको बताइएको छ।
उता प्यालेस्टाइनको बिद्रोही समूह हमासले पनि इजरायलमाथी लगातार रकेट आक्रमण गरिरहेको छ।इजरायलतर्फ पनि केही मानिसको हताहती भएको जनाइएको छ।