Covid-19
City Express

ईटालीको वियोगान्त तस्बिर,अस्पतालको सिडिमा लासको लस्कर

असाध्यै दुखको अवस्था श्रीजना भएको छ, ईटालीमा । त्यहाँ सबैभन्दा बढी कोरोना भाईरसले प्रभाव पारेको ठाउँ लोमबार्दी हो। यहाँको बुर्गेमो अस्पतालको सिडिपनि अहिले लासहरुले भरिएको छ। ईटालियन संस्कार अनुसार तिनलाई चिहानघरमा लगेर आफ्नो धार्मिक पद्धती अनुरुप गाड्नुपर्ने हो । तर चिहान घर सबै भरिएर जलाउनुपर्ने अवस्था श्रीजना भएको छ । लासहरु ओसार्न नभ्याएर सेनाका ट्रकहरु लस्कर लागेर बसेका छन् । पछिल्लो पटक लोम्बार्दीमा ९३ जनाको ज्यान गएपछि चिहानघरको झनै समस्या देखिएको छ।

बेलायतको डेली मेल अखबारका अनुसार ईटालीको बुर्गेमो अस्पतालमा सघन उपचार (इन्टेन्सिभ केयर) का लागि विरामीहरुलाई लाईन लगाएर राखिएको छ । चिकित्सकहरुले उपचार गर्न भ्याएकै छैनन् । नयाँ विरामी थपिने क्रम उत्तिकै छ। लासहरु बेरेर सिडिमा राखिएको छ । ति लास उठाउन १५ वटा सैनिक ट्रक लाम लागेर पर्खिएका छन् ।

ईटालीमा हिजो एकै दिनमा ४,२०७ जनामा कोरोना भाईरस देखियो । आज मात्रै ७९३ जनाको मृत्यु भयो । यति धेरै विरामीको कसरि उपचार गर्ने। यति धेरै मृतकलाई कसरी ब्यवस्थापन गर्ने ? समस्या श्रीजना भएको छ । चिकित्सकहरुले स्वास्थ्य क्षेत्र संकटमा पुगेको बताइसकेका छन्।अस्पतालमा ठाउँ नभएर स्वास्थ्यकर्मीहरुले टेन्ट गाडेरपनि उपचार गरिरहेका छन् । तर पनि तिनको क्षमताले धान्नै नसक्ने भएको छ । लोमबार्दी क्षेत्रमा चिकित्सक र नर्सहरुको संख्या सिमित भएकाले धान्न नसक्ने अवस्थामा पुगेको लोम्बार्दीको स्थानिय सरकारले बताइसकेको छ।

ईटालियन मिडियाहरुले अस्पतालले धेरै संख्यामा विरामीहरुको उपचार गर्दागर्दै पनि आफ्नो क्षमताले नभ्याएर विरामीहरु उपचारकालागि पिँढीसम्म लाईनमा बस्नुपरेको उल्लेख गरेका छन् । ति विरामीमध्ये केहीमा स्वास-प्रस्वासको समस्या छ।अस्पतालमा भेन्टिलेरको समस्या छ।

अस्पतालमा चाप धान्नै नसक्ने अवस्थामा पुगेका बेला लासहरुको ब्यवस्थापन गर्न उत्तिकै समस्या परेको छ । लोमबार्दीको बुर्गेमो अस्पत्तालमा लास राख्ने ठाउँपनि छैन।मुर्दाघर अर्थात् लास घर भरिसकेको छ। डेली मेलका अनुसार लासको ब्यवस्थापन गर्ने कर्मचारीले दिनमा २४ लाससम्म ब्यवस्थित गरिरहेकाछन् । भाइरसबाट मृत्यु भएका मानिसलाई अझ विशेष तवरले बेरेर अन्यत्रै पठाउनुपर्छ ।

बुर्गेमो अस्पतालबाट लास ओसार्न मात्रै बुधबार १५ वटा सैनिक ट्रक र ५० जना सेना खटिएका थिए । ईटालियन मिडियाहरुका अनुसार हिजो उक्त अस्पतालबाट बाहिर निकाल्नुपर्ने ७० वटा लास थिए ।

श्रोत:नेपाल पलस अनलाइन

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु