गृहपृष्ठ इस्टरमा आफू बस्ने नगरपालिका बाहेक अन्य ठाउँमा यात्रा गर्न प्रतिवन्ध
इस्टरमा आफू बस्ने नगरपालिका बाहेक अन्य ठाउँमा यात्रा गर्न प्रतिवन्ध

इशाईहरुको दोस्रो ठुलो पर्व इस्टर हो।यो पर्वमा परापुर्वकालदेखिनै आफन्त ,नातागोता ,साथिभाईहरुसँग एकै ठाउँमा जमघट हुने र रमाइलो गर्ने प्रचलन रहदै आएको छ।यद्यपि अहिले भने विश्वनै कोरोना संकटबाट गुज्रिरहेका बेला त्यो अबसर गुम्ने देखिन्छ।यहीँ अबस्थालाई मध्यनजर गर्दै पोर्चुगल सरकारले पनि उक्त पर्वको समयमा प्रतिबन्धमा थप कडाइ गरेको छ।
अप्रिल ९ मध्य राती देखि १३ अप्रिल मध्य रात सम्म आफू बस्ने नगरपालिका बाहेक अन्य ठाउँमा यात्रा गर्न प्रतिवन्ध गरेको छ।यो प्रतिवन्ध सुरक्षाक्रमी ,स्वास्थकर्मी र सुरक्षाएजेन्टको हकमा भने लागू नहुने सरकारले जनाएको छ।कामदारको हकमा भने सम्बन्धित कम्पनी वा उधोगले डिकलेरेसन पत्र दिनु पर्ने सूचनामा जनाइएको छ।