गृहपृष्ठ उखु किसानले अझै पाएनन् भुक्तानी,आन्दोलनबाट पछि नहट्ने
उखु किसानले अझै पाएनन् भुक्तानी,आन्दोलनबाट पछि नहट्ने

उखु किसानहरु आफ्नो बक्यौता रकम भुक्तानी नपाएर झन्डै २ सातादेखि आन्दोलनमा छन्।पटकपटक सम्झौता हुने तर भुक्तानी गर्न आलटाल गर्ने व्यबसायिका कारण आफुहरु आन्दोलन गर्न बाध्य भएको उखु किसानहरु बताउछन्।
विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै संघर्ष गरिरहेका छन्।
चिनी मिल उद्योगीहरुले सबै किसानको भुक्तानी नदिए सम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन्। चिनी उद्योगीहरुबाट उखु किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।
सरकारले गत वर्ष चिनी उद्योगी र उखु किसानबीच एक महिना भित्रमा भुक्तानी दिने सम्झौता गराएको थियो। तर एक वर्ष सम्म चिनी उद्योगीबाट भुक्तानी नपाएपछि उखु किसानहरु यस वर्षपनि माइतीघर मण्डला आएर प्रदर्शन गर्न बाध्य भएका हुन्।
शनिबार पनि उखु किसानहरुको प्रदशन जारी छ।अहिलेसम्मको परिस्थिति नियाल्दा सरकारका तर्फबाट कुनै ठोस विकल्प कृषककासामु प्रस्तुत गरेको पाइएको छैन।जानकारअनुसार हुन्छ र गर्छौ भन्ने मात्र आश्वासन आएको बताइएको छ। परिस्थिति विश्लेषण गर्दा किसानहरुको आन्दोलन थप लम्बिने संकेत देखिएको छ।