२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ उपचारको क्रममा सांसद छन्त्यालको निधन

उपचारको क्रममा सांसद छन्त्यालको निधन

समानुपातिक सांसद ज्ञान कुमारी छन्त्यालको ६६ बर्षको उमेरमा आज बिहान उपचारको क्रममा निधन भएको छ।

उपचारका लागी गंगालाल राष्ट्रीय हृदय रोग केन्द्रमा भर्ना गरिनु भएकी सांसद छन्त्यालको निधन भएको पार्टीले जनाएको छ।

बागलुङ जिल्लाको तमानखाेला गाउँपालिका वडा नम्वर -५ खुंखानीमा जन्मनु भएकी सांसद छन्त्याल नेपाली कॉग्रेस पार्टीको तर्फबाट २०७० सालको संबिधान सभा निर्बाचनमा बागलुङ बाट निर्वाचित सभासद हुनुहुन्थ्यो।

उहाँको उपचारका क्रममा शहिद गंगालाल हृदयरोग केन्द्रमा निधन भएको हो।अघिल्लो आइतवार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।

मुटुमा समस्या देखिएपछि प्रतिनीधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्ने सम्बन्धी बैठकमा छन्त्याल अनुपस्थित भएको खवर बाहिर आएको थियो।

सरल,ईमान्दार र कर्तब्यनिस्ठ महिला नेतृ छन्त्यालको असमायिक निधनले सिंगो रास्ट्र लाईनै अपुरणीय क्षती पुगेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु