२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ उपचुनाव निर्वाचन :खिमलालले मारे बाजी,बादललाई झट्का

उपचुनाव निर्वाचन :खिमलालले मारे बाजी,बादललाई झट्का

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचनमा खिमलाल देवकोटाले बाजि मारेका छन्।

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका रामबहादुर थापा बादललाई पराजित गर्दै एमालेकै नेपाल समूहका डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका हुन्।

निर्वाचित देवकोटाले ५ हजार ८८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी थापाले जम्मा ४ हजार १४ मत मात्र प्राप्त गरे।पार्टी एकताको प्रक्रियामा रहेको एमालेको आधिकारिक उम्मेदवार थापा पराजित हुँदा कतै एकतानै अन्योलमा पर्ने होकी भन्ने आंशका उब्जेको छ।

उता आज मात्रै सर्वोच्च अदालतले अन्तरीम आदेश दिदै पुन:नियुक्ती भएका गृहमन्त्री लगायत ७ जनाको मन्त्री पद समेत गुमेको छ।यसरी थापालाई दुबैतर्फबाट झट्का लागेको छ भने वर्तमान सरकारमा जाने बाटो पनि बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु