गृहपृष्ठ उर्जाशिल युवा बुढाथोकी एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्विरोध निर्वाचित,यस्तो छ उनको व्यक्तित्व
उर्जाशिल युवा बुढाथोकी एनआरएनए पोर्चुगलको उपाध्यक्षमा निर्विरोध निर्वाचित,यस्तो छ उनको व्यक्तित्व

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् पोर्चुगलको उपाध्यक्षमा चर्चित युवा व्यबसायी शिवसागर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्।
अन्य पदमा धेरै जनाको उम्मेदवारी परेपनि उपाध्यक्ष लगायत केही पदमा भने एकल उम्मेदवारी परेको छ।
व्यक्तित्व विश्लेषण
शिव सागरको व्यक्तित्वको विश्लेषण गर्दा उनी अनुकरणीय व्यक्ति मध्ये गणना गर्दा उत्कृष्ट पात्रको रुपमा अगाडि आएका एक शालिन युवा हुन्।म मेरा लागि हैन समाजका लागि बाचेको हु भन्ने सिद्धान्त बोकेका बुढाथोकी सामाजिक कल्याणकारी कार्यमा अग्रस्थानमा उभिने गर्छन्।
उनी हरेक बिहान उठ्ने बित्तिकै सकारात्मक सोच संचार गर्ने एक उर्जाशिल युवा हुन्।पोर्चुगलको नेपाली समाजका लागि आशा र भरोसाका केन्द्रविन्दु वुढाथोकी निर्विरोध निर्वाचित हुँदा यहाँ स्थित नेपाली युवा जमातमा विशेष उत्साह छाएको छ।भोलि हैन आजै गरेर देखाउनु पर्छ,अरु हैन सकारात्मक कामको आफैवाट सुरुवात हुनु पर्छ भन्ने दृण संकल्प वोकेका बुढाथोकी निश्चयनै समाजका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।
दाङ तुल्सिपुर घर भएका वुढाथोकी विगत ६ बर्षदेखि पोर्चुगलमा बस्दै आइरहेका छन्।पछिल्लो समय उनले संचालनमा ल्याएको जुजु रेस्टुरेन्ट पनि नेपाली समुदायमाझ निकै लोकप्रिय हुँदै गैरहेको छ।
एनआरएनए पोर्चुगल रुपान्तरण अभियानमा बुढाथोकी लगायत टिमले सफलता पाहोस् ।नमूना नेपाल परिवार बुढाथोकीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।