२०८० जेठ २४ गत बुधवार | June 07, 2023

गृहपृष्ठ एउटै घरका ५ जनाले कर्णालीमा हाम फालेर गरे आत्महत्या,गाउँनै शोकमा

एउटै घरका ५ जनाले कर्णालीमा हाम फालेर गरे आत्महत्या,गाउँनै शोकमा

दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका एउटै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका गरिएको छ। आमासहित चार बालबालिकाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने आशङ्का प्रहरीले गरेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखले हामफालेका पाँचमध्ये सोमबार दुईको शव भेटिएको जानकारी दिएको छ।

हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए।

उनले भने, ‘शव फेला परेकाको सनाखत भइसकेको छ। नदीमा हामफालेर बेपत्ता भएका ३५ वर्षीया आमा सुकु बडुवाल, आठ वर्षीय छोरा ललित बडुवाल र पाँच वर्षीया रजनी बडुवाललाई भेट्टाउन सकिएको छैन।’ गोताखोर टोलीबाट उनीहरुको खोजी कार्य थालिएको उनले बताए।

मृतकका श्रीमान् मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। सोमबार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी सुकु माइतमा समेत नगएको नभेटिएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु