गृहपृष्ठ एकैदिनमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्मकै उच्च,२ सय २५ जनाको ज्यान गयो
एकैदिनमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या हालसम्मकै उच्च,२ सय २५ जनाको ज्यान गयो

पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणबाट एकैदिनमा ज्यान जानेको संख्या हालसम्मकै सर्बाधिक रहेको छ।
पछिल्लो २४ घण्टामा २ सय २५ जनाले ज्यान गुमाएका छन् भने देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २ सय २५ जनाको मृत्यु भएको उल्लेख गरिएको हो। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ।