२०७९ असोज ६ गत बिहीवार | September 22, 2022

Bharat Poudel

गृहपृष्ठ एकैदिन नेपालमा १४ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ३० पुग्यो

एकैदिन नेपालमा १४ जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ३० पुग्यो

नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । स्रोतका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

एकैदिन १४ जना थपिएपछि अब नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । संक्रमितमध्ये एक जना भने उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ को संख्या ३० पुगेको पुष्टि गरेको छ । जसमा थपिएका मध्ये उदयपुर जिल्लाका १२ जना नै ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय पुरुष र चितवनमा पनि दुई जना २७ र ६३ वर्षिय पुरुष भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु