गृहपृष्ठ एक कार्यक्रमका बीच अनेसास पोर्चुगलले मनायो मोती जयन्ती
एक कार्यक्रमका बीच अनेसास पोर्चुगलले मनायो मोती जयन्ती

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास पोर्चुगल ले रचानात्मक कार्यक्रम गरी युवा कवि मोतीराम भट्टको १५४औँ जन्म जयन्ती मनाएको छ।
नयाँ प्रबिधि को प्रयोग गरी रोचक ढंगबाट कार्यक्रम भएको हो।अनलाइन मार्फत गरिएको कार्यक्रम मा संस्था का अध्यक्ष स्पन्दन बिनोद ले युवा कवि मोतीराम भट्टले कलिलो उमेरमै नेपाली साहित्य को क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दै ,कविलाई समर्पित रचनाहरु वाचन गर्नु भयो।
त्यस्तै संस्था का उपाध्यक्ष सवी श्रेष्ठ, महासचिव अर्जुन बाराहाली, सह कोषाध्यक्ष बिधा आचार्य, सोम अनुराग बस्नेत, सल्लाहकार अर्जुन घिमिरे लगायतका श्रष्टाहरूले मोतीको सम्झना गर्दै आ आफ्ना सिर्जना हरू वाचन गर्नु भयो।
गत भदौ ३ गते मोती जयन्तिको दिन नै कार्यक्रम गर्ने तय गरिरहेको संस्था ले राष्ट्र कवि माधब घिमिरे को निधनका कारण राष्ट्र कवि प्रति श्रद्धान्जली ब्यक्त गर्दै मोती जयन्ती कार्यक्रम स्थगित गरेको थियो।
बि.स.१९२३ भदौ २५गते काठमाडौं मा जन्मिनु भएका मोती राम भट्ट को१९५३ सालमा ३०बर्ष को कलिलो उमेरमा नै निधन भएको थियो।
स्व देशी लाउनु ,स्व देशी खानु ,स्व देशी बोल्नु, स्व देशी हेर्नु भन्ने सपना बोकेका भट्ट नेपाली साहित्य जगतका होनहार प्रतिभा र साहित्य क्षेत्रका मेरूदण्ड मानिन्छन।
३०बर्ष को कलिलो उमेरमा नै २दर्जन भन्दा बढी कृति हरू प्रकाशन गरी नेपाली साहित्य को ईतिहाँसमा आफुलाई अमर राख्न सफल कवि को रूपमा उनलाई चिनिन्छ। सिर्जना संम्बाद तथा रचना बाचन कार्यक्रम को संचालन महासचिव अर्जुन बाराहाली ले गर्नु भएको थियो भने अध्यक्षता स्पन्दन बिनोद ले गर्नु भएको थियो।