गृहपृष्ठ एक जना कोरोना संक्रमित नेपाली सँगै अन्य ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियो
एक जना कोरोना संक्रमित नेपाली सँगै अन्य ७४ नेपालीलाई क्वारेन्टाइनमा राखियो
कोरोना संक्रमणको आशंंकामा अन्य नेपाली पनि क्वारेन्टाइनमा

पोर्चुगलका विभिन्न क्षेत्रमा कोरोना संक्रमण फैलिरहेको सन्दर्भमा फारोमा काम गर्ने एक जना नेपालीलाई पनि कोरोना भएको त्यहाँको एक अस्पतालले पुष्टि गरेको छ।फारो पोर्चुगलको प्रख्यात कृषि क्षेत्र हो भने त्यहाँ धेरै नेपालीले खेतिमा कृषि कामदारको रुपमा काम गर्ने गरेका छन्।
उनी सँगै खेतिमा काम गर्ने ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखीएको छ।हिजो साझै फारोको स्थानीय प्रहरीको सहयोगमा स्वास्थकर्मिको टोलिले उनिहरुको खोजतलास गरी क्वारेन्टाइनमा राखेको जानकारी गराईएको छ।कोरोना संक्रमण नेपाली नेपालको कुन क्षेत्रका हुन र कहिलेदेखी पोर्चुगलमा बस्दै आएका हुन भन्ने सन्दर्भमा केही पनि खुलाईएको छैन।पछिल्लो यो घटनाले त्यहाँ काम गर्ने अन्य नेपाली कामदारलाई पनि त्रसित बनाएको छ।
उक्त क्षेत्रका स्थानीय मेयरले सम्पूर्ण बेक्तिहरुलाई घरमै रहन र साबधानी अपनाउन अपिल गरेका छन्।पोर्चुगलमा अन्य युरोपियन देशको तुलनामा अत्यधिक नेपालीको संख्या रहेको छ।कम्तीमा नेपाली समुदायमा यो रोग फैलिन नदिन उच्च साबधानी अपनाउनु पर्ने देखिन्छ।
ज्वोरो,रुघाखोकी वा टाउको दुख्ने,हातखुट्टा दुख्ने कुनै पनि लक्षण देखा परेमा नजिकैको अस्पतालमा तत्काल चेकचाज गर्न यहाँको सरकारले सबैलाई आग्रह गरेको छ।