गृहपृष्ठ एक जुझारु महिला पुनम गौतमले दिइन् एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी
एक जुझारु महिला पुनम गौतमले दिइन् एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी

एक जुझारु महिलाको रुपमा चिरपरिचित पुनम गौतमले गैर आवासीय नेपाली संघ रास्ट्रिय सम्वन्य परिषदको आगामी कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
वर्तमान कार्यसमितिमा रहेर सकृय भुमिका निर्वाह गरिरहेकी गौतम आगामी कार्यकालको लागि अझ सशक्त भुमिका निर्वाह गर्ने उद्देश्यले उम्मेद्वारी दिन लागेकी बताइन।
हाल नारी समाज पोर्तुगलकी महासचिव समेत रहेकी गौतम सामाजिक कार्यमा संधै अग्रसर हुने युवामा पर्दछिन्। नेतृत्व क्षमता भएको, युवा तथा उर्जाशिल गौतम सामाजिक कार्यको लागि विगतमा पनि अहोरात्र खटिने गरेकी छिन्।