गृहपृष्ठ एक सूचना जारी गर्दै एलायन्स क्लब गुल्मीले गर्यो कार्यक्रम स्थगित
एक सूचना जारी गर्दै एलायन्स क्लब गुल्मीले गर्यो कार्यक्रम स्थगित

भाद्र ८ गते वामीटक्सारमा हुने भनिएको एलायन्स क्लब अफ गुल्मी मुसिकोटको कार्यक्रम स्थगित गरिएको छ।
‘ईन्सटलेसन प्रोग्राम भाद्र ८ गते वामीटक्सारमा राख्ने निर्णय भएको थियो र सोहि अनुसार कार्यक्रमको तयारी पनि अगाडि बढिरहेको थियो।
करिव- करिव तयारीको अन्तिम चरणमा पुगेका पनि थियौं तर आफ्नो नगरकै समाजसेवि पृय युवा ब्यक्तित्व मोहन घिमिरेको निधनले सिंगो मुसिकोट नगरनै शोकमा रहेको बेला क्लब को स्थापनाको उत्सब मनाऊने कार्यक्रम सांगितिक कार्यक्रम सहित गरिनु सान्दर्भिक नहुने देखियो’क्लबका अध्यक्ष रामकृष्ण कंडेलले बताऊनुभयो।
‘वामीटक्सारमा तत्काल उपलब्ध हाम्रा शुभचिन्तक साथीहरू एवम देश बिदेशमा रहनुभएका हाम्रा आफन्तजन हरूको सल्लाह सुझाब लाई आत्मसाथगरी भाद्र ८ गते शुक्रबार हुनेभनिएको कार्यक्रम नगर्ने र सो कार्यक्रम केहिदिन पछी आयोजना गरिने निर्णय भएको छ’सचिब बिमल छन्तेल ले बताऊनुभयो।
भाद्र ८ गतेको कार्यक्रम स्थगितगरी जनमतको कदर गरेकोमा सामाजिक संजालमा एलायन्स क्लबको यो निर्णय लाई सबैले राम्रो निर्णय को रूपमा स्वागत गरेको देखियो।
‘जनमत लाई कदर गर्दै केहिदिनको लागि हाम्रो कार्यक्रमको मिति सारेका छौं,छिट्टै बैठक बसेर अर्को मिति तोक्ने छौं साथै कार्यक्रम भव्य बनाऊने रहर छ’प्रस्ताबित एलायन्स क्लबका बिदेश बिभाग प्रमुख डिलु अर्यालले बताऊनुभयो।
भाद्र ८ को कार्यक्रमको सबै तयारी पुरा गरेका थियौं तर जनमत लाई कदर गर्दै यो कार्यक्रम स्थगित गरेका छौं अब छिटैनै भब्य र सब्य तरिकाले हाम्रो कार्यक्रम सम्पन्न बनाएरै छोड्ने छौ’कोषाध्यक्ष प्रबिना परियारको भनाई रहेको छ।
‘गत भाद्र २ गते शनिवारका दिन मुसिकोट नगरपालिका वडानं १ का वडाध्यक्ष तथा हामि सबैका पृय मित्र मोहन घिमिरे जी को दुःखद असामयिक निधनको कारण मर्माहत भएका छौं।मृतक घिमिरेको आत्माको चिरशान्तिको कामना तथा शोकाकुल परिवारजन प्रति गहिरो समबेदना ब्यक्त गर्दछौं’एलायन्स क्लब अफ गुल्मी मुसिकोट का जनसम्पर्क अधिकृत नारायण सापकोटाले बताऊनुभयो।