२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एटलसको तनाव व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम

एटलसको तनाव व्यवस्थापन सम्बन्धि सचेतना कार्यक्रम

बुटवल,पुस । एटलस वेलफेयर अर्गनाइजेशनले तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामूलक अभिमुखीकरण कार्यक्रम गरेको छ।


बुटवल उपमहानगरपालिका वडा न.–८ को समन्वय तथा सहयोगमा शनिबार बुटवलको होटल ग्रिन भ्याली फेमिली रेस्टुरेन्ट सुख्खानगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नं।आठ का अध्यक्ष भिम बहादुर श्रेष्ठले ले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो।

संस्थाको सामाजिक तथा सिपमुलक कार्यमा नगरपालिका सहकार्य गर्नको लागि प्रतिबद्धता भएको श्रेष्ठले बताउनुभयो। सस्थाका संरक्षक प्रेमचन श्रेष्ठले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभएको थियो।

कार्यक्रम कल्पना श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष सपना खनालको स्वागत तथा सचिब बिष्णु प्रसाद पन्तको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजिकरण टाउको,नशा तथा मनोरोग विशेषज्ञ डा.बिनोद पौडेल र निकिता पाण्डेले गर्नुभएको थियो। तालिममा ४५ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए।

मानव सेवा नै ठुलो धर्म हो भन्ने उद्धेश्यका साथ समाजमा रहेको समस्याहरू समाधान ,बेरोजगारी न्यूनिकरण ,स्वास्थ्य क्षेत्रमा सुधार ,गरीब तथा असहाय र एकल महिलालाई तालिमहरु संचालन गरेर आत्मनिर्भर बनाउने,शैक्षिक र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो।

संस्थाले मनोरोग परामर्श तथा सेवा केन्द्र खोल्ने लक्ष्य पनि राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु