गृहपृष्ठ एनआरएनएको विशेष महाधिवेशन जनवरी २३ देखि भर्चुअल माध्यमबाट हुने
एनआरएनएको विशेष महाधिवेशन जनवरी २३ देखि भर्चुअल माध्यमबाट हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको आर्थिक, वार्षिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्न सो विशेष महाधिवेशन डाकिएको हो।
विश्वव्यापी कोरोना भाइरसको प्रभावका कारण ‘फेस टु फेस’ महाधिवेशन हुन असम्भव भएपछि पहिलो पटक सो अधिवेशन भर्चुअल (जुम) मार्फत् गर्ने तयारी गरिएको छ। शनिवार बिहानदेखि दुई दिनसम्म चल्ने सो अधिवशेनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने गैरआवासीय नेपाली संघले जनाएको छ।
अधिवेशनलाई गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरु डा. उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, संस्थापक राम प्रताप थापा लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ।सो अधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिले सहभागी हुने संघले जनाएको छ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठमा अनुसार सो अधिवेशनमा सन् २०१९ को अक्टोवरमा सम्पन्न ९ औं महाधिवेशनमा पारित हुन नसेको आर्थिक प्रतिवेदन पुनः प्रस्तुत गर्ने तयारी संघले तयारी गरेको छ। महाधिवेशनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन पेश गर्ने छन्।