२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ एनआरएनएको स्वीडेन अपिल

एनआरएनएको स्वीडेन अपिल

आदरणीय सम्पूर्ण स्वीडेनबासि नेपाली दाजु-भाई, दिदिबहिनि तथा आमा बुवा सबैमा सादर नमस्कार। सबैमा कुशलताको कामना गर्दछौ ।

COVID-19 कोरोना भाइरसको संक्रमणले संसार आक्रान्त भई रहेको बेला स्वीडेनमा पनि यसको असर र प्रभाव तिब्र गतिमा फैलिरहेको छ । यसले बिश्व भरको मानब जिबनलाई तहस नहस पारिरहेको छ । संसारभरका मानिस अहिले जोखिम पूर्ण जीवन यापन गर्न बाध्य छन ।

हामी स्वीडेनबासी नेपालीहरुमा पनि यो संक्रमणको असर बढदै गईरहेको सबैले महसुस गरिरहेका छौं । यसले स्वीडेनबासी नेपाली समाजलाई पनि एक किसिमको डर, त्रास र भय पैदा गरेको छ । हाम्रो नेपाली समाजमा कोरोनाको कारण हालसालै घटेकाे अप्रिय घटना र उत्पन्न बिकट परिस्थितिका कारण गैर-आवासीय नेपाली संघ स्वीडेन लगायत यस समाजका हरेक व्यक्ति तथा परिवार मर्माहित भएका छौ । साथै हाम्रो यो स्वीडेनको नेपाली समाजमा केही नेपालीहरुमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ । एक ठुलो अप्रिय घटना बाहेक अरू सबैको स्थिति भने लगभग सामान्य अवस्थामा आईसकेको छ । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीडेन, वहाँहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । यस्तो विषम परिस्थितिमा आज हामी प्रबासमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरू एक आपसमा एक अर्कालाई सहयोग गर्दै यस COVID-19 को माहामारी सँग बच्नु र लड्नु पर्ने हुन्छ ।

मुलत कोरोना लाग्दैमा मान्छेले आफ्नो ज्यान गुमाई हाल्छ भन्ने छैन । क्वारेन्टाईन, आइसियु जहाँ भएपनि अत्तिनु हुदैन भन्ने कुरा बुझ्नु जरुरी छ।

अहिलेको परिस्थिति नै फरक भएकोले यति बेला कोही पनि बिना काम बाहिर ननिस्कनु नै राम्रो हो । यदि कोही बाहिर निस्कन बाध्य परेमा साबधानी अपनाउनु उत्तीकै आवश्यकता छ। स्वीडेन सरकारको स्वास्थ्य विभागले दिएको सुझावहरू अवलम्वन गरि सतर्कता अपनाउनु बाहेक अहिले अरु कुनै पनि बिकल्प छैन ।

हाम्रो यो सानो नेपाली समुदायमा एक अर्कालाई परेको समस्याको समाधान गर्दै अगाडि बढ्दै जाने र समुदायमा कसैलाई पर्ने हरेक जटिल परिस्थितिको बारेमा सुझाब लिने अनि दिने कार्य गरेमा हामी सबैलाई लाभ हुनेछ । आफुले भोगेका दुःख र लडेका लडाइ अरु समक्ष जाहेर गर्दा समाजका अरु व्यक्तिहरु पहिला भन्दा पनि बढी सजक र सतर्क हुन पाउछन भने अन्य व्यक्तिबाट पाउने सहानुभुतिले आफुलाई आत्मबल बढाउने मौका समेत मिल्दछ । यहाँहरुलाई थाहा नै छ कि आत्मबल, रोग बिशेक पार्ने औषधी मध्य एक अचुक औषधी हो । कोरोना एक महामारी भएकोले यो रोग जस कसैलाई जुनसुकै बेलामा पनि लाग्न सक्छ । यदि हामी मध्य कोहि कोरोना भाइरसबाट संक्रमित छौ भने आफ्नो कुरा समुदाय वा आफ्ना नजिकका साथी भाई माझ राखी अरुलाई साबधानी तथा सचेत रहन आग्रह गरिदिनु हुन यस संस्था बिनम्र अनुरोध गर्दछ । समुदायमा अरुलाई सचेत गराउनु ठुलो असल कार्य हो भने हरेक सामाजिक प्राणीको कर्तब्य पनि हो ।

कोरोना लागेर निको हुने धेरै छन् भने ज्यान गुमाउने केही प्रतिशत मात्रै छन्। सधैँ सकारात्मक सोच राख्नु नै उत्तम हुनेछ। आफू पनि बचौ अरुलाई पनि बचाऔ भन्ने सुत्र अवलम्वन गर्नु नै मानव प्राणीको धर्म हो ।

स्मरण रहोस् गैर-आवासीय नेपाली संघ स्वीडेन, यहाँहरुको हर दुःख सुखमा साथ दिन सधै तत्पर छ ।

साथै अन्तमा यो कोरोनाको संक्रमणबाट सुरक्षित रहन आग्रह गर्दै कुनैपनि समस्या परेमा एनआरएनए स्वीडेनको सम्पर्कमा आउन पनि सबैमा अनुरोध र अपिल गर्दछौ ।

गैर आवासीय नेपाली संघ, स्वीडेन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु