Covid-19
City Express

एनआरएनएद्वारा सीमा अतिक्रमण विरुद्ध हस्ताक्षर संकलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भारतले नेपाली भूमी हुँदै चाइना पुग्ने गरि खनेको मार्गको बिरुद्ध पिटिशन दर्ता गर्न अनलाइन हस्ताक्षर संकलन सुरु गरेको छ ।

अनलाइन हस्ताक्षर संकलन गरेर भारतीय मिचाहा प्रवृति र नयाँ मार्गको बिरुद्ध पिटिशन गर्न यो प्रयास गरिएको हो । हस्ताक्षर तत्काल नै सुरु भएको र ३१ मे २०२० सम्म जम्मा भएका हस्ताक्षर १ जुन २०२० मा सम्पूर्ण भारतीय दूतावास, मिशन र संबन्धित निकायमा बुझाइने छ । ति बुझाइएका प्रतिहरु संघको अन्तराष्ट्रिय परिषदमा रेकर्डको लागि पठाउनु पर्नेछ ।

हस्ताक्षर संकलनको लागि सम्पूर्ण राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदले पहल गर्नेछन् । संकलित सम्पूर्ण प्रतिहरुलाई अन्तराष्ट्रिय परिषदले ५ जुन २०२० मा भारतीय राजदूतावास काठमाण्डौ, नेपाल सरकार गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत बुझाउने छ ।

हस्ताक्षरको लागि तलको लिंकमा क्लिक गर्दै हस्ताक्षर समेत गर्न संघका अध्यक्ष कुमार पन्तले अनुरोध गर्नुभएको छ ।

http://chng.it/sTjMCMH42m

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु