Covid-19
City Express

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पदा उपसमितिको बैठक सम्पन्न

लिस्बन । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिको प्रथम बैठक बसी विभिन्न निर्णयहरु गरेको जानकारी प्राप्त भएको छ । समितिका सदस्य तथा एनआरएनए पोर्तुगलका महासचिव हेमराज सुवेदीले बताए अनुसार समितिले निम्न निर्णयहरु गरेको छ :

आज मिति २०२० जुन महिनाको २७ तारिख शनिवारका दिन गैर आवासीय नेपाली संघ (NRNA)अन्तर्राष्ट्रिय समन्वय समिति संस्कृति तथा सम्पदा उपसमितिको प्रथम जुम अनलाई भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकमा निम्न ब्यक्तिहरूको उपस्थितिमा निम्न बिषयमाथि छलफल गरी निर्णयहरू गरियो ।

१ संयोजक श्री गोविन्द प्रसाद गौतम (रसिया)
२ सल्लाहकार श्री कृष्ण प्रकाश श्रेष्ठ (रसिया)
३ क्षेत्रिय सयोजक डा श्री लेखनाथ काफ्ले (ताइवान)
४ क्षेत्रिय संयोजक श्री दिक्पालदेव पंगेनी (अष्ट्रेलिया)
५ क्षेत्रिय संयोजक श्री अमित राई( कुवेत)
६ क्षेत्रिय संयोजक श्री सुरेन उप्रेती (नर्थ अमेरिका)
७ क्षेत्रिय संयोजक श्री अर्जुन काफ्ले (यूरोप)
८ सदस्य श्री खड्ग न्यौपाने (जर्मनी)
९ सदस्य श्री हेमराज सुवेदी (पोर्चुगल)
१० सदस्य MS बिनिता लामिछाने (फिनल्याण्ड)
११ सदस्य MS दिपिका भुसाल (इजरायल)
१२ सदस्य श्री गणेश राज गौतम (अष्ट्रेलिया)

## छलफलका बिषयहरूः
१ स्वागत
२ परिचय कार्यक्रम
३ नेपाली संस्कृति र सम्पदालाई कसरी विश्वव्यापीकरण गर्ने बारे |

## निर्णयहरूः
प्रस्ताव १) संयोजक गोविन्दप्रसाद गौतमले उपस्थित सबैलाई स्वागत गर्नु भयो ।

प्रस्ताव २) स्वागत पश्चात बैठकमा परिचय कार्यक्रम सम्पन्न भयो ।

प्रस्ताव ३) माथि लामो छलफलभई निम्न व्यक्तिहरूको संयोजकत्वमा समिति बनाई संयोजकले आगामी बैठकमा कार्यक्रमहरूको बारेमा ढाचा र प्रकृया सहित पेश गर्ने निर्णय गरियो |

(क) नेपाली कला र संस्कृतिको विकाश र प्रवर्धनमा भर्चुअल कार्यक्रम प्रस्तुत गर्ने । जसमा संस्कृतबिदहरू ,गीतकार संगितकार ,गायकहरू सँग साक्षातकार गर्ने ।
संयोजक: श्री दिक्पालदेव पंगेनी (अष्ट्रेलिया ) | सो कार्यका लागि आवश्यक सदस्यहरू थप गर्दै जाने ।

(ख) प्रवाशमा रहेका नृत्यकलाकारहरूलाई समेटी नृत्यप्रतियोगिता गराउने । संयोजक : श्री हेमराज सुवेदी (पोर्चुगल) । सो कार्यका लागि आवश्यक सदस्यहरू थप गर्दै जाने ।

(ग) गायन प्रतियोगिता:
​यसमा गीत, संगीत र गायनलाई छनोट गरी प्रतियोगिता गराउँने । संयोजक : खड्ग न्यौपाने (जर्मनी) । सो कार्यका लागि आवश्यक सदस्यहरू थप गर्दै जाने ।

(घ) बिबिधतामा एकता नेपाली संस्कृतिको विशिष्ठता” नेपाली संस्कृति, सम्पदा, रीतिरिवाज, चाडपर्व, जातजातिका संस्कारसबैलाई समेटेर पुस्तक प्रकाशन गर्ने । यसको संयोजकमा डा. श्री लेखनाथ काफ्ले (ताइवान) रहनु हुनेछ । सो कार्यका लागि आवश्यक सदस्यहरू थप गर्दै जाने ।

(ङ) उँधौली -उँभौली ,लोसार, छट ,माघी ,म्हपूजा आदिको बारेमा केकसरी कार्य गर्न सकिन्छ ।अमित राई (कुवेत) ले संयोजन गर्ने ।

प्रस्ताव ४ ) आजभन्दा १४५ बर्ष अगाडी रसियाबाट नेपाल आएर नेपाली संस्कृति, सम्पदा र गौतम बुद्धलाई बिश्वभरी परिचित गराउनु हुने श्री इभाना पाभ्लोभिच मिनाएभ जसले नेपाली भाषाको संस्थापक भएर पुर्याउनु भएको उच्च मूल्याँकन गर्दै सम्मान ब्यक्त गर्दछौ ।

दोश्रो बैठक जुलाई महिनाको तेश्रो हप्तामा गर्ने निर्णय गरियो ।
|

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु