२०७९ असोज १४ गत शुक्रवार | September 30, 2022

Bharat Poudel

गृहपृष्ठ एनआरएनए अल्गार्भ महासचिवको राजीनामा स्वीकृत, कावा मा थापा चयन

एनआरएनए अल्गार्भ महासचिवको राजीनामा स्वीकृत, कावा मा थापा चयन

हेनु होस् वक्तव्य जस्ताको तस्तै:

यस संस्थाको बैठक हालै सम्पन्न भएकोछ।कोरोना भाईरसका कारण सामाजिक दुरि कायम राख्नु पर्ने तथा सामुहिक जमघट लाई बर्जित गरिएका कारण अनलाईन(ईन्टरनेटको माध्यम) बाट सम्पन्न बैठकले बिभिन्न बिषयमा छलफल गरि निर्णयहरु गरेकोछ।

संस्थाका सचिव श्री सन्दिप अर्याल ज्युले संस्थाको संहिता विपरित क्रियाकलाप गरेको पाइएकाले संस्थाको नियम अनुसार उहाँ संग लिखित स्पष्टिकरण मागिएकोमा उहाँले लिखित रुपमा ‘सो कार्य अन्जानमा गरेको र अब आउने दिनमा यस्ता कार्य नदोहोर्याउने तथा सो कार्य बाट संस्था तथा कार्यसमितिका साथिहरुमा परेको अप्ठेरोको लागि छमा प्रार्थि रहेको तथा आउँदा दिनमा थप सुदृढ रुपमा संस्थाको कार्यमा सक्रिय रुपमा सरिक हुने’ उल्लेख गरिएकोछ।

यस संस्थामा महासचिव का रुपमा सेवारत श्री केशव प्रसाद न्यौपाने ज्युको राजिनामालाई सर्वसम्मत बाट स्विकृत गरिएकोछ।उहाँको हाल सम्मको योगदान,लगनशिलता,तथा कार्यकौशलता को संस्थाले उच्च मुल्याङ्कन गर्दै आगामि दिनमा समेत आपसि सहयोग-सहकार्यलाई निरन्तरता दिने वाताबरणको अपेक्षा संस्थाले गरेकोछ।

  महासचिवको राजिनामा पश्चात उक्त कार्यभारका लागि यस संस्थाका सचिव श्री कमल थापा ज्युलाई कार्यबाहक महासचिव तोकिएकोछ।

  कोरोना भाईरसका कारण सृजित यस अवस्थामा सम्पुर्ण नेपाली दाजुभाई,दिदिबहिनिहरुलाई सावधान तथा सुरक्षित रहन यस संस्था आग्रह गर्दछ।

          अनिल शर्मा
            अध्यक्ष 
 गैरआवासीय नेपाली संघ

छेत्रिय समन्वय परिषद,अल्गार्भ
पोर्चुगल
२१अप्रिल,२०२०

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु