Covid-19
City Express

एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त लगायत युरोप क्षेत्रका अगुवासंग भोली पत्रकारको बहस हुने

लिस्बन, पोर्तुगल, १२ मे । एनआरएनए केन्द्रीय अध्यक्ष कुमार पन्त लगायत एनआरएनए युरोपका संयोजक नारायण आचार्य, सह-संयोजकहरु कृष्ण तिमेल्सिना, मुक्त गुरुङ र शुक्रराज न्यौपानेसंग नेपाल पत्रकार महासंघ युरोपले विशेष अन्तरक्रिया र बहश गर्ने भएको छ ।

विश्वभरिका गैर आवासीय नेपालीहरुको नेतृत्वदायी संस्था एनआरएनएले कोरोना भाइरसको महामारीमा खेलेको भुमिका र गरेका कार्यहरूका बारेमा व्यापक बहस र छलफल गरिने तयारी रहेको महासंघका युरोप अध्यक्ष केजिन राइले बताए ।

अन्तरक्रिया मे १३ तारिख बुधबार युरोपियन समय दिउँसो ४ बजे( बेलायत र पोर्तुगल दिउँसो ३ बजे) हुने जनाइएको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु