२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ एनआरएनए केन्द्रीय निर्वाचन,अध्यक्षमा थापा र महासचिवमा अधिकारीको उम्मेदवारी

एनआरएनए केन्द्रीय निर्वाचन,अध्यक्षमा थापा र महासचिवमा अधिकारीको उम्मेदवारी

गैरआवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन। थापाले बिहीबार काठमाडौंमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि संघको अध्यक्ष पदमा बेलायतका कुल आचार्य र रसियाका बद्री केसीले पनि उम्मेदवारी दिईसकेका छन्।

घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकता रहेकोले उम्मेदवारी दिएको बताइन्।

उक्त कार्यक्रममा उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले पनि उम्मेदवारी घोषणा गरेका छन्।

महासचिवमा उम्मेदवारी दिएका अधिकारी पनि विगत लामो समयदेखि एनआरएनमा अनुभव संगालेका युवा हुन्।उनको उम्मेदवारीले पनि युवाजगतमा केही नयाँ आशा र भरोसा जगाएको देखिन्छ।

उक्त कार्यक्रममा भर्चुअल रुपमा सम्बोधन गर्दै जापानका ओम गुरुङले पनि सचिवमा उम्मेदवारी दिएका छन।

आचार्य,केसि र थापाले उम्मेदवारी दिएपछी एनआरएनको आगामी नेतृत्वका तिनजना उम्मेदवार भएपनि आचार्य र केसिबिच प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु