Covid-19
City Express

एनआरएनए केन्द्रीय मिडिया समिति गठन, पोर्तुगलबाट राजकुमार थापा चयन

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद संचार तथा प्रकाशन समितिको सदस्यमा युरोपक्षेत्रबाट पोर्तुगलका राजकुमार थापा चयन भएका छन् । एनआरएनए केन्द्रीय प्रवक्ता डिबी क्षेत्रीको संयोजकमा गठित १९ सदस्यीय समितिमा युरोप महादेशबाट थापासहित, स्पेनका बसन्त रानाभाट, बेलायतका नवीन पोखरेल र बेल्जियमका डिल्ली अम्माइ मनोनित भएका हुन् ।

एनआरएनए केन्द्रीय प्रवक्ता डिवि क्षेत्रीको संयोजकत्वमा गठित समितिको सहसंयोजकहरुमा हेमन्त काफ्ले, होम लम्साल, कृष्ण केसी, मेघराज सापकोटा र सदस्यहरुमा बसन्त रानाभाट,भवानी पन्त, विजय ज्ञवाली, डिल्ली अम्माइ, गोकर्ण लामिछाने, गोकुल ढकाल, किशान राई, नवीन पोखरेल, निरु त्रिपाठी, राजकुमार थापा, रामप्रसाद ढुङेल, ऋषि आचार्य, शुक्र मोक्तान, सुर्य थापा रहेका छन् ।

यसैगरी नेपालबाट संयोजन गर्नकालागि अशोक घिमिरे, बिनेश खनाल, चन्दा थापा, चन्दन मण्डल, किरण बुढाथोकी नारायणी लामिछाने, संजिता देवकोटा र उद्दव भट्टराई तोकिएका छन् ।

पोर्तुगलबाट चयन भएका थापा लामो समयदेखि गैर आवासीय अभियान र गैर आवासीय नेपालीहरुका बारेमा कलम चलाउदै आएका छन् । मुलतः विश्लेषणात्मक लेखनमा दख्खल राख्ने थापा युरोपबाट संचालित अनलाइन पत्रिका युरोपनेपाली डटकम र वर्ल्डनेपाली डटकमका संस्थापक प्रधान सम्पादक हुन् । नेपाल पत्रकार महासंघ बेलायत शाखा कार्यसमितिका पूर्व सदस्य रही जिम्मेवारी बहन गरिसकेका थापा हाल पोर्तुगल शाखा तदर्थ समितिका सहसंयोजक रहेका छन् ।

गैर आवासीय नेपाली संघ पोर्तुगलको दुई कार्यकाल(२०१७-२०१९ र २०१९-२०२१) निर्वाचन समितिमा रहेर कुशलतापूर्वक आफ्नो कार्य सम्पादन गरेका थापाको चयनले गैर आवासीय नेपाली पत्रकार जगत र मिडियामा थप मद्दत पुग्ने विश्वास लिइएको छ ।

आफ्नो चयनप्रति थापाले अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष, उपाध्यक्ष, महासचिव, प्रवक्ता तथा मिडिया समिति संयोजक लगायत अन्तर्राष्ट्रिय परिषदप्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई सक्रिय र गहनतापूर्वक पूरा गर्ने प्रतिवद्दता जनाए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु