गृहपृष्ठ एनआरएनए केन्द्रीय सह कोषाध्यक्ष दाहालद्वारा एनआरएनए पोर्तुगललाई १ हजार थान माक्स प्रदान
एनआरएनए केन्द्रीय सह कोषाध्यक्ष दाहालद्वारा एनआरएनए पोर्तुगललाई १ हजार थान माक्स प्रदान

लिस्बन, पोर्तुगल । गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय परिषद्का सह कोषाध्यक्ष बेल्जियम निवासी सफल व्यवसायी लोकप्रसाद दाहालले कोरोना भाइरसबाट उत्पन्न विषम परिस्थितिमा गैर आवासीय नेपाली संघ पोर्चुगलको लागि १ हजार थान मास्क निःशुल्क रुपमा सहयोग स्वरूप उपलब्ध गराएका छन् ।
उनले पठाएको माक्स आज श्याम ढकाल, रुपक श्रेष्ठ, प्रकाश ढकाल, सुनिता भट्टराई, अम्बिका ढकाल लगायतले संघका वरिष्ठ उपाध्यक्ष भिमसेन थापालाई संघको आन्जुसस्थित कार्यालय गएर हस्तान्तरण गरे । सो अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष थापा, उपाध्यक्ष सिता श्रेष्ठ, सचिव प्रकाश ढकाल लगायतले महत्वपूर्ण सहयोगकालागि दाहालप्रति धन्यवाद र आभार व्यक्त गरे ।
मास्कको अति अत्यावश्यकता भएका पोर्चुगलबासी नेपालीहरुलाइ एनआरएनए पोर्चुगलमा ९२००४३७२९ सम्पर्क गर्न आग्रह गरिएको छ ।