२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए केन्द्र निर्वाचन :अध्यक्षका प्रत्यासी थापा समर्थन जुटाउन सक्रिय,अमेरीका क्षेत्रका अधिकांश जससले समर्थन गर्ने दाबी

एनआरएनए केन्द्र निर्वाचन :अध्यक्षका प्रत्यासी थापा समर्थन जुटाउन सक्रिय,अमेरीका क्षेत्रका अधिकांश जससले समर्थन गर्ने दाबी

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी नेतृत्व लिन रबिना थापाले भेटघाट तीव्र पारेकी छन्। एनआरएनए महाधिवेशनको पूर्व सन्ध्यामा थापा प्रतिनिधिहरूसँग भोट माग्न व्यस्त बनेकी छन्।

उनको भ्रमणले अमेरिकाज क्षेत्रका अधिकांश जनसम्पर्क समितिहरुले उनलाई समर्थन गर्ने वचन दिएको बताइएको छ।

यसैबीच उनले गतसाता क्यानाडास्थित गैरआवासीय नेपालीहरुसंग छलफल गरेकी छन्। नेपाली जनसम्पर्क समिति क्यानाडाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले गैरआवासीय नेपाली संघको अभियानलाई शसक्त बनाउन अध्यक्षमा पुनः आफुले उम्मेदवारी दिने तयारी गरेको बताइन् ।

कार्यक्रममा जनसम्पर्क समिति क्यानडाका अध्यक्ष बुद्धिप्रकाश ओलीले रविना थापाको अभियानमा जनसम्पर्क समिति एक भएर सहयोग गर्ने बताए। कार्यक्रममा महामन्त्री बसन्त कार्की, कास्की समाज क्यानडाका अध्यक्ष मदन पोखरेल, गोपीकृष्ण काफ्ले लगायतले शुभकामना दिए।

थापाको सम्मानमा एनआरएनए क्यानडाले समेत स्वागत कार्यक्रममा आयोजना गरेको थियो। कार्यक्रममा एनआरएनए अध्यक्ष माधव दुलाल, कार्यसमितिका सदस्यहरु, आसीसी पदाधिकारी तथा सदस्यहरुले शुभकामना दिएका थिए।

गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्व चयन गर्न एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुदैछ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घले पहिलो पटक राजनीतिक भागबन्डामा ६ र ६ महिना कार्यकाल बाँडेर कुल आचार्य, रबिना थापा र बद्री केसीले दुई वर्षको कार्यकाल सकेका छन्।

अबको दुई वर्ष पूरा नेतृत्वमा पुग्न रबिना थापाले भेटघाट एवं भोट माग्ने कामलाई तीव्र पारेकी हुन्।

कास्की समाज क्यानडाले ग्रेटर टोरन्टो क्षेत्रमा गरेको कार्यक्रममा एनआरएनएकी वर्तमान अध्यक्ष समेत रहेकी थापाले अबको नेतृत्वका लागि भोट मागेकी छन्।

कार्यक्रममा सहभागीहरूले हाल एनआरएनएको अध्यक्ष रहेर संस्थाको सङ्क्रमणकालीन अवस्थालाई नेतृत्व प्रदान गरेको भन्दै भावी नेतृत्वका लागि शुभकामना पनि दिएका छन्।

कास्की आदर्श समाज ग्लोबलका संरक्षक गोपी कृष्ण काफ्लेले एनआरएनएको सङ्क्रमणकालीन अवस्थामा नेतृत्व प्रदान गर्दै संस्थाको गरिमा जोगाउन सफल भएकोमा थापालाई बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु