२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए केन्द्र निर्वाचन:एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष अधिकारीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा

एनआरएनए केन्द्र निर्वाचन:एनआरएनए पोर्चुगलका निवर्तमान अध्यक्ष अधिकारीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा

गैरआवासीय नेपाली संघ पोर्तुगलका निवर्तमान अध्यक्ष रविन अधिकारीले संघ आसन्न केन्द्रीय महाधिवेशनमा युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

गत दुई बर्ष (२०२१-२०२३) को कार्यकालमा संघको पोर्तुगल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अधिकारी त्यही अनुभव र सिकाइको आधारमा आफु आगामी महाधिवेशनबाट युवा संयोजकको भुमिकामा जान चाहेको बताए । त्यस भन्दा अधि पनि संघको अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य भइसकेका अधिकारी आफ्नो सोच र भिजनलाई संघ मार्फत प्रतिविम्वित गर्न चाहेको र त्यसको लागि आफुले उक्त पदमा जान चाहेको बताए।

केही अप्ठ्यारो परिस्थितीका वीच पोर्तुगलमा नेतृत्वदायी भुमिका निर्वाह गर्दा समन्वय र सहकार्य कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि आफुलाई अनुभव भएको उनले बताए। दुइ दुइ वटा एनआरएनए अस्तित्वमा रहेको तथा संस्थाको नेतृत्व लिँदै गर्दा प्रतिकुल अवस्था भएको भएपनि विना विवाद उनले कुशल ढंगले संस्थाको नेतृत्व गरेका थिए।

यसैको जगमा आफुले केन्द्रमा युवा संयोजकको जिम्मेवारी पाए कुशल ढंगले निर्वाह गर्न सक्ने, साथै विश्वभरी छरिएर रहेका नेपाली युवा जनशक्ति, युवा व्रेनलाई राष्ट्रहितको पक्षमा लगाउन आफुले समन्वयकारी भुमिका खेल्ने बताए।

अधिकारीले पछिल्लो समय संघप्रति देखिएको केही नकारात्मक धारणाहरुलाई चिरेर अघि बढ्न, युवाहरुको उत्साहपुर्ण सहभागी गराई संघलाई नयाँ ढंगले अगाडी बढाउने आफ्नो उद्देश्य रहेको स्पष्ट पारे।

२०११-१३ मा बेल्जियमको राष्ट्रिय समन्वय समितिबाट एनआरएनएको जिम्मेवारीमा आएका थिए। त्यसपछि २०१७-१९ मा युवा संयोजक, पोर्तुगल र २०१९-२१ मा आसिसि सदस्य भइसकेका अधिकारी यस पटक केन्द्रीय युवा संयोजकमा आफुलाई अघि सार्ने प्रयास गरेका हुन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु