गृहपृष्ठ एनआरएनए केन्द्र निर्वाचन:युरोप उपसंयोजकमा उम्मेदवारी दिएका रोबर्ट लिम्बुका यस्ता छन् प्रतिवद्धताहरु
एनआरएनए केन्द्र निर्वाचन:युरोप उपसंयोजकमा उम्मेदवारी दिएका रोबर्ट लिम्बुका यस्ता छन् प्रतिवद्धताहरु

यतिखेर गैर आवासीय नेपाली संघ केन्द्रको निर्वाचनका सन्दर्भमा चर्चा चुलिदो छ।गैर आवासीय नेपालीहरूको साझा सस्थाको चिरपरिचित यस सस्थाको निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न देशबाट उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।यसै क्रममा पोर्चुगलबाट एनआरएनए युरोप उप-संयोजकमा उर्जावान युवा रोबर्ट लिम्बुले उम्मेदवारी दिएका छन्। उम्मेदवारीका क्रममा उनले विभिन्न प्रतिवद्धताहरु जाहेर गरेका छन्।
हेरौं उनको प्रतिवद्धता कस्तो छ त!
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रको उपसंयोजक(DRC)मा मेरो उम्मेदवारी ।।।
आदरणीय गैरआवासीय नेपाली संघका अग्रज, अभियन्ता महानुभावहरु तथा तमाम गैरआवासीय नेपालीजनहरूमा हार्दिक नमस्कार !
गैरआवासीय नेपालीहरुको हकहितका लागि २००३ मा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराकासाथ स्थापित गैरआवासीय नेपाली संघ प्रवासमा रहेका लाखौं नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित भइ निरन्तर क्रियाशील रहँदै आएको छ भने यसको अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौ हुने कुरा तय भएको छ ।
म एकदसक भन्दा बढी समयदेखि पोर्चुगललाई कर्मथलो बनाई रेस्टुरेन्ट र हस्पिटालिटी व्यवसायमा आवद्ध छु साथै हाल युनिभर्सिटी अफ लिस्बनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारधि पनि गरिरहेको छु । गैरआवासीय नेपाली संघको अभियानमा एकदसकबाट सक्रियतापूर्वक विभिन्न समयमा संघको नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको कुरा यहाँहरु सबैमा निवेदन गर्न चाहन्छु ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, संरक्षक, सल्लाहकार, सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स हुँदै अहिले युरोप क्षेत्रको युवा उपसंयोजक (YDRC) को रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु।
आगामी दिनमा “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मुल उदेश्यलाई आत्मसात गर्दै दोश्रो पुस्तालाई यो अभियानमा जोड्ने, नेपालसंग अभिछिन्न साइनो कायम गर्ने, बंशजको नागरिकताको निरन्तरता मात्र एक विकल्प हो भन्ने यथार्थलाई बोध गर्दै नागरिकताको निरन्तरताको लागि निरन्तर पहलकदमी तथा अभियान बुलन्द गर्ने र यहाँहरुको विश्वास मायालाई आत्मसाथ गर्दै आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्था तथा पदले दिएको जिम्मेवारी र समाजप्रतिको मेरो आफ्नो कर्तव्यलाई मनन गर्दै अनवरत रुपमा सामाजिक अभियानमा क्रियाशील हुने प्रतिवद्दता व्यक्त गर्दछु ।
गैरआवासीय नेपाली संघ र हाम्रो समुदाय तथा मातृभूमिप्रति केही योगदान दिने सदिक्षा राखी आगामी महाधिवेशन २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रको उपसंयोजक(DRC) पदमा उम्मेदवारी दिने कुरा यहाँहरु सबैमा विनम्र जानकारी गराउन चाहन्छु।
सम्पूर्ण अग्रज,अभियान्ता महानुभावज्यूहरु,सहकर्मी तथा शुभचिन्तक साथीहरु, युरोप क्षेत्रको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा कार्य समितिका साथीहरु र सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरु, पत्रकार मित्रहरुमा साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन विनम्र निवेदन गर्दछु ।
रोबोट लिम्बू
युरोप उपसंयोजक(DRC) पदको उम्मेदवार (२०२३-२५)
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद ।
whatsapp :-351 924736829
Email :- roborove@yahoo.com
हाल :
युवा उपसंयोजक युरोप(२०२१- २०२३)
पूरा गरिसकेका जिम्मेवारीहरु :
सेन्ट्रल टास्क फोर्स मेम्बर पोलिसी एंड प्रोसीड्युर्स (२०१९-२०२१)
सल्लाहकार(२०१९-२०२१)
गैरआवासीय नेपाली संघ पोर्चुगल
संरक्षक(२०१७-२०१९)
गैरआवासीय नेपाली संघ पोर्चुगल
सदस्य (२०१५-२०१७)
गैरआवासीय नेपाली संघ पोर्चुगल
Respected non-resident Nepalese association leaders, activists and all non-resident Nepalis greetings! namaskar !
I hope this message finds you well.As the 11th NRNA Convention and IGA draw near,I would like to humbly inform you that I will be running for the position of Deputy Coordinator of the International Coordinating Council Europe Region (DRC) for the upcoming convention 2023-25, with the best intention of making some contribution to the Non-Resident Nepali Association, our community and motherland.
As you may know, I would like to enlighten all of you that I have been actively engaged with this organization in the leadership role of the association since a decade in the campaign of Non-Resident Nepali Association., dedicating my utmost efforts.I have been involved in the restaurant and hospitality business based in Portugal for more than a decade and am currently pursuing PHD in International Relations from the University of Lisbon.
In the past, I have been a member, patron , advisor of the National Coordination Council portugal and Central Task Force Member Policy and Procedures of the Non-Resident Nepali Association , and now I am performing my duties as the Youth Deputy Coordinator (YDRC) for the European Region.
In the coming days, by absorbing the main objective of the association of “Once a Nepali, Forever a Nepali”, connecting the second generation in this campaign, to establishh and maintain a strong bond with Nepal for that i frimly realize the fact that the continuation of the citizenship of the descendants is only an option.on that case raiseing the continuous initiative and campaign for the continuation of the descendants citizenship, I express my commitment to rise above my personal interests and be active in social campaigns continuously considering the responsibilities given by the organization and position and my duty to the society.
I strongly believe that my enduring commitment to NRNA, coupled with my experience and unwavering dedication, equips me to serve effectively in this role.
I genuinely appreciate your consideration of my request. For further details, please visit newssite at https://namuna nepal.com
At the end , I humbly request all the elders, campaigners