गृहपृष्ठ एनआरएनए नर्वेको आठौं अधिवेशन भब्यरुपमा सम्पन्न
एनआरएनए नर्वेको आठौं अधिवेशन भब्यरुपमा सम्पन्न

प्रेम परियार ,नर्वे: गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद – नर्वेको आठौं राष्ट्रिय अधिवेशन २०२३ भब्यरूपमा सम्पन्न भएको छ।
ओस्लो स्थित रोजेनक्रान्ट गेट ८ को हलमा सम्पन्न अधिवेशनमा एनआरएनए का केन्द्रिय सचिव गंगाधर गौतम प्रमुख अतिथि तथा यूरोप संयोजक सन्तोष भट्टराईको विशेष आतिथ्यताका बीच एनआरएनएका निवर्तमान अध्यक्ष जीवन बहादुर शाहि (प्रबीन) ले संयुक्त रूपमा उदघाटन गर्नु भयो।
खुल्ला सत्र पछि निवर्तमान अध्यक्ष ज़िबन बहादुर शाहीद्वाराअध्यक्षता गर्नु भएको बन्द सत्रमा महासचिव बिष्णु गौतम र कोषाध्यक्ष अनुज उपाध्यायले प्रस्तुत गर्नु भएको वार्षिक र आर्थिक प्रतिवेदन उपर छलफल गरी सर्वसम्मत रूपमा पारित गरिएको थियो।
सो क्रमको पहिलो चरणमैं पुर्व आई सीसी सदस्य तथा एनआरएनए अभियन्ता द्वारिका महर्जनले आर्थिक र वार्षिक प्रतिवेदन उपर आफनो धारणा राख्नू भएको थियो।
उहाको बुंदागत टिप्पणीमा समर्थन आएपछि सच्याऊने र केही संशोधन गरीएको थियो। प्रस्तुत वार्षिक प्रतिवेदन ऊपर विशेष छलफल गरी संशोधन गर्ने बारे व्यापक छलफल द्वारा पारित गरिएको थियो।
विधान कमिटी बारे कवीन्द्र ढकालको संयोजकत्वमा पछि १ सदस्य थप गर्ने गरी मनोज अधिकारी रहनु भएको छ। यसको पूर्ण अधिकार कार्यसमितिले आवश्यकता अनुसार गठन गर्ने निर्णय गरीएको छ।बन्द सत्र पश्चात कार्यक्रमको अन्त्यतिर निर्वाचन कमिटी डिपेन बिस्ट, ई.अभिषेक पोखरेल , बिनोद बस्याल रहेको कमिटीबाट नारायण पौडेलले २०२३ -२०२५ को लागी निर्बिरोध निर्वाचित हुने पदाधिकारीको नाम सार्वजनिक गर्नु भएको थियो।
आई सीसी सदस्यमा २ जना उम्मेदवार नबराज अधिकारी ( राजन ) र पवित्र बस्नेत बीच प्रतिस्पर्धा हुने भएकोले निर्वाचित कमिटीको कार्य कार्यतालीका अनुसार २९ जुलाईमा भौतिक रूपमा मतदान प्रक्रिया द्वारा निर्वाचित हुने भएकोले २३-२५ को लागी निर्विरोध निर्वाचितको शपथ र अन्य बाक़ी कार्यक्रमलाई थाती राखी सम्पूर्ण ज़िम्मेवारी जीवन बहादुर शाहीको अध्यक्षतामा प्रमुख संरक्षक संजीब थापा, र प्रा.डा. विशाल सिटौला रहने गरी अध्यक्ष मण्डल गठन गरिएको छ।
अन्तिम चरणको कार्यक्रम २३-२५ का लागी निर्विरोध निर्वाचित महासचिव ईश्वरी प्रसाद खनालले सौहार्दपूर्ण वातावरणमा संचालन गर्दै राष्ट्रीय अधिवेशन सभ्य अनि भव्यरूपमा सम्पन्न भएको थियो।