२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए नर्वेले आयोजना गरेको एभरेस्ट कप फुटबल प्रतियोगिता भब्यरुपमा सम्पन्न

एनआरएनए नर्वेले आयोजना गरेको एभरेस्ट कप फुटबल प्रतियोगिता भब्यरुपमा सम्पन्न

गैर आवासीय नेपाली संघ (NCC)) नर्वेद्वारा आयोजना गरिएको एभेरेस्ट कप फ़ुटबल २०२२ भब्य सफलताका साथ सम्पन्न भएको छ।


झन्डै २५० जना सहभागी रहेको सो कार्यक्रम नर्वेको राजधानी ओस्लो स्थित एकेवर्ग फुटबल खेल मैदानमा आयोजना गरिएको थियो।

सन् २००८ मा नर्वे स्थित ओसको फुटबल कार्यक्रमको बेला चट्याङ्ग दुर्घटनामा परी दिवंगत हुनु भएका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा NRNA नर्वेले आफनो वार्षिक कार्यतालिका अनुसार २०१३ देखि एभेरेस्ट कप फुटबलको आयोजना गर्दै आएको छ।


यस बर्षको खेलमा राष्ट्रीय अन्तराष्ट्रीय गरी ९ टिम सहभागी रहेका थिए।
जस मध्ये NRNA Norway, नेपोस (नेपाली पोर्चुगीज़ समाज),नेपाली जन सम्पर्क समिती, नेप्सा नर्वे,नेस्को नर्वे,
Young Boys टेलिमार्क नर्वे,Nepzung UK, young dads (योङ डाड्स)र Viking Yeti Sweeden बीच प्रतिस्पर्धा भएको थियो।

प्रमुख अतिथि एनआरएनए यूरोप संयोजक सन्तोष भट्टरईले प्रतियोगिताको उदघाटन गर्नु भएको थियो ।एनआरएनए (NCC) नर्वेका महासचिव विष्णु गौतमका अनुसार खेलको माध्यमद्वारा नेपाली समुदायबीचमा अन्तरसम्बन्ध अझै मजबुत र सुमधुर बनाउन र युरोपमा रहेका नेपालीबीच एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो।


एनआरएन नर्वेका युवा संयोजक बिक्रम बस्नेतले संयोजन गर्नु भएको प्रतियोगीतामा उपाध्यक्ष राजन अधिकारी लगायत कार्य समितिका सदस्य हरुले आ -आफनो ज़िम्मेवारी र कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा एनआरएन नर्वेका अध्यक्ष जीवनबहादुर शाही(प्रबिन), प्रमुख अतिथि सन्तोष भट्टराई , यूरोप युवा संयोजक किरण गुरुंङ, एनआरएनए स्वीडेनका अध्यक्ष राज कुमार पाठक तथा नर्वेमा क्रियाशील नेपाली संघ संस्थाका प्रतिनिधि,एनआरएनए नर्वेका आई सी सी सदस्य, संरक्षक,सल्लाहाकारको उपस्थितिमा प्रमाणपत्र, प्रशंसा-पत्र, शिल्ड, ट्रफी र नगद पुरस्कार बितरण गरिएको थियो।


प्रतियोगिता नेपजुम यूके टिम प्रथम स्थान हासिल गरी शिल्ड, प्रमाण-पत्र र नगद हात पारेको छ भने उप बिजेता एनआरएनए नर्वेले नगद,शील्ड ,प्रमाण-पत्र प्राप्त गर्न सफल भएको छ। त्यसैगरी उत्कृष्ट खेलाड़ीमा नेपजुम यूकेका खेलाड़ी ईबान गुरुङ घोषित हुनुभयो।


सहभगगी ९ टीम मध्ये भाईकिंग येती स्विड़ेनले अनुशासित टिम घोषितभै प्रमाण पत्र प्राप्त गरेको छ। कार्यक्रमको अन्त्यमा अध्यक्ष जिबन बहादुर शाहीले छोटो मन्तव्य दिदै कार्यक्रम सहयोग पुर्याउने सबै प्रति उच्च कदर र सम्मान व्यक्त गर्नुभयो।

त्यसैक्रममा कार्यक्रम सफल पार्न अहम भूमिका निर्वाह गर्ने सबैप्रति आभार व्यक्त गर्नु भएको थियो। सम्पूर्ण उपस्थित सम्पूर्ण खेलाडी तथा जनसमुदायको साथमा आयोजक एनआरएनए नर्वेले आयोजना गरेको स्वादिष्ट नेपाली खानामा सबै जना रमेका थिए।कार्यक्रम निकै रोचक र आकर्षक रहेको थियो भने सो कार्यक्रमको संचालन सस्थाका महासचिव बिष्णु गौतमले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु