२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए नर्वे निर्वाचन :आइसिसीमा उम्मेदवारी दिएका पवित्र बस्नेतका यस्ता छन् प्रतिवद्धताहरु

एनआरएनए नर्वे निर्वाचन :आइसिसीमा उम्मेदवारी दिएका पवित्र बस्नेतका यस्ता छन् प्रतिवद्धताहरु

पवित्र बस्नेत जो विगत १४ बर्ष देखी नर्वेमा बसोबास गर्दै एनआरएनए, नर्वे लगायत विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहदै आउनु भएको एक व्यक्तित्व हुनुहुन्छ।

सुरुवातमा नर्वेमा अवस्थित विधार्थीको संस्था नेस्को कार्य गर्नु भएको वहाँले विधार्थी हकहितको बारेमा विश्वविद्यालयमा आवाज उठाउँदै विधार्थीलाइ पर्रेका समस्याहरुमा सहजता प्रधान गर्ने कार्य गर्नु भयो।

नेपाली विधार्थी संस्थामा रहेर कार्य गरेको अनुभवले गर्दा सामाजिक संस्थामा रहेर कार्य गर्ने रुचि भएको बताउनु हुने वहाँले सामाजिक संस्था हेल्पिङ्ग्स हेन्ड फ़र नेपाल भन्ने संस्थामा पनि पधाधिकारीको रुपमा कार्य गर्नु भयो।

यहि सिलशिलामा पछि एनआरएनए, नर्वेको कार्यसमिति सदस्य र महासचिव भएर कार्य गर्नु भयो। यो संस्थामा रहेर काम गर्दा खेलकुद संयोजक, हेल्थ प्रोजेक्ट संयोजक तथा ट्यालेन्ट हन्ट लगाएतका कार्यक्रमहरुको संयोजकको रुपमा कार्यक्रमहरुको नेतृत्व गर्नु भयो।

कोरोनाको विषम परिस्थितिमा पनि वहाँ महासचिव हुँदा विधार्थी र युरोप स्थित अन्य मुलुकबाट नर्वे आउनु भएका र अप्ठेरोमा परेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु लाई राहत कार्यक्रम संचालन गरि सहयोग गरिएको बताउनु हुन्छ।

त्यस्तै नेपाल राष्ट्रको गरिमा लाई जोगाइ राख्न र पर्यटन प्रवर्धनमा सहयोग गर्न “भिजिट नेपाल २०२०” उत्साहका साथ सोही कार्यकालमा संचालन गरिएको हो।

एनआरएनए, नर्वेको गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, गतिशील र समावेशी बनाउँदै अविभावक संस्थाको रुपमा विकाश गर्न आफ्नो अग्रणी भूमिका रहने ठान्नु हुने वहाँले अधिकांश यहाँ स्थित नेपाली समुदायका क्रियाशील संघ संस्थाका महानुभावहरुको आग्रह र अपेक्षालाइ मध्यनजर राख्दै आगामी २३-२५ को कार्यकाल आइसीसी सदस्यमा उमेद्वारी दिएको दिनु भएको छ र सबैको साथ सहयोगको अपेक्षा सहित अमुल्य मतको लागी हार्दिक अनुरोध गर्नु हुन्छ।
प्रतिवद्धताहरु:
१. नर्वेमा कन्सुलर सुविधा स्थापना गर्न पहल गर्ने
२. दोहोरो नागरकिता प्राप्तिको लागी केन्द्रको पहल लाई सहयोग गर्ने
३. नेपालमा ५ वर्ष ट्याक्स मिनाहा सहितको सुरक्षित लगानीको लागि पहल गर्ने
३. नेपाल र नर्वे सरकारसंग सहकार्य गरी नेपाली समुदायमा आइपरेका समस्या समाधानका पहल गर्ने
४. दोस्रो पुस्ताको रुपमा हुर्किदै गरेका नेपाली समुदायको बाल बालिकाहरु नेपालसंग जोडि राख्न उचित कार्यक्रमको ब्यबस्था गर्न एनसीसी संग सहकार्य गर्ने
५. एनसीसी, नर्वे र आइसीसी विचमा राम्रो समन्वय गरेर कार्य गर्ने
६. एनसीसी, नर्वे लाइ आइसिसिको दायरा अनुरुप दिशानिर्देश गर्ने

पुनश्च: निर्वाचन २९ जुलाई शनिवारको दिन मतदाताको भौतिक उपस्थिति सहित एनआरएनए, नर्वेको कार्यालय Selma Ellefsens vei २ ०५८१, Oslo हुँदै छ भने ओस्लो भिकेन बाहिरका मतदाताको लागि मतपत्र पोस्ट बाट पठाई निर्वाचन संचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु