२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित,यस्तो छ घर्तिमगरको व्यक्तित्व

एनआरएनए पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित,यस्तो छ घर्तिमगरको व्यक्तित्व

गैर आवासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद पोर्चुगलको उपाध्यक्षमा भरतप्रकाश घर्ती मगर निर्विरोध निर्वाचित भएका छन्।

निकै रस्साकस्सीका बीच एनआरएनए पोर्चुगलले पदाधिकारी लगायत सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

यस्तो छ घर्तीमगरको व्यक्तित्व र उद्देश्य:

पोर्चुगलमा उदाउँदो युवाका रुपमा लोकप्रिय युवा मगर जोश र जागरुकताका पहरेदार हुन्।

एनआरएनए पोर्चुगललाई साच्चिकै ब्यबहारमै रुपान्तरण गर्नु पर्छ,सम्पूर्ण नेपालीको अपनत्व हुनुपर्छ भन्ने सिद्धान्तका साथ निर्वाचनमा होमिएका घर्तिमगर निर्वाचित हुनुले विशेषगरि युवाहरू उत्साही देखिएका छन्।

सुखदुःखमा काधमा काध ,हातमा हात मिलाउने उदघोष गरेका घर्तीमगर मिठा कुरा गरेर भुलाउने हैन काम गरेर जनसरोकारका मुद्दा  सम्बोधन गर्नुपर्छ भन्छन्।

भर्खरै निर्वाचित घर्तिमगरलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु