२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलको निर्वाचन : सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा महासचिव थापा

एनआरएनए पोर्चुगलको निर्वाचन : सर्वसम्मत अध्यक्ष बन्ने तयारीमा महासचिव थापा

लिस्वन । एनआरएनए पोर्चुगलमा महाधिवेशन र निर्वाचनको माहोल तातिदै गएको छ । आगामी जुलाई ३० तारिख हुने नवौं राष्ट्रिय महाधिवेशनका लागि सदस्यताको अन्तिम स्वीकृति सकिएसंगै अब आगामी नेतृत्वको लागि चर्चा सुरु भएको हो ।

आगामी नेतृत्वको लागि आकांक्षीहरुको खुल्दै जाने क्रममा विगत दुई तीन बर्षको असहज अनुभवले भावि नेतृत्व सर्वसम्मतिले चयन गरेर सामाजिक एकता कायम गर्नुपर्ने आम पोर्चुगलवासी नेपालीहरुमा आवाज रहेको देखिन्छ । समाजलाई अनावश्यक रूपमा विभाजित बनाएर अस्वस्थ प्रतिस्पर्धा गर्न नहुने अधिकांसको धारणा रहेको पाइन्छ ।

अहिले पोर्चुगलको नेपाली समाजको माहोल, आम एकता र पोर्चुगलको एनआरएनए अभियानको सक्रियतामा सर्वसम्मत उम्मेदवार बन्ने दौडमा सबैभन्दा अग्रपंक्तिमा देखिएका छन् वर्तमान महासचिव राजकुमार थापा । विगत १२ बर्षदेखि गैरआवासीय संघमा आवद्द रहेर विभिन्न जिम्मेवारी पुरा गरिसकेका थापा वर्तमान कार्यसमितिबाट अध्यक्षका लागि स्वाभाविक र सबैभन्दा ससक्त दावेदार हुन् ।

पोर्चुगलको नेपाली समाजको समस्यालाई गहिरो ढंगले बुझेर समाजका सबै पक्षसंग समन्वय र सहकार्य गरी समाधानका उपायहरु निकाल्न सक्ने थापा प्रखर वक्ता,
सशक्त लेखन, बौद्धिक एवं विश्लेषणात्मक छवि र एनआरएनए अभियानमा केन्द्रीय नेतृत्वसंग पनि उत्तिकै पहुँच राख्ने व्यक्तित्व रूपमा चिनिएका छन् ।

महासचिवका रूपमा विगत दुई बर्षमा नेतृत्वदायी भूमिकाकोका साथ गरेका कामहरु, हर समयको सक्रियता र सर्वसाधारणसंगको घुलमिलको हिसाबले पनि समुदायमा उनी सबैभन्दा लोकप्रिय र सर्वसम्मति बन्न सक्ने उम्मेदवारको रूपमा देखिएका छन् ।

एनआरएनए पोर्चुगलको पूर्वदेखि वर्तमानसम्मका नेतृत्वकर्ताहरुले पनि थापालाई नेतृत्वमा अगाडि सार्दा समाजमा आम एकता र सहमति देखिने भएकोले यसरी नै अगाडि बढेर नयाँ नेतृत्व चयन गर्नुपर्ने वातावरण सृजना गर्न सक्रिय रहेको पाइएको छ ।

“म समाजमा आम सहमति, एकता र सहकार्यको पक्षमा छु, वर्तमान महासचिवको हिसाबले म स्वाभाविक अध्यक्षको दावेदार हुँ, तर मेरो पहिलो प्राथमिकता समाज र एनआरएनए भित्रको एकता हो, सहमति र एकतामा जो भएपनि मलाई स्वीकार्य छ निर्वाचन भए म अध्यक्षको सबैभन्दा योग्य र ससक्त उम्मेदवार हुँ” आफ्नो उम्मेदवारीको बारेमा थापाले यस्तो प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु