गृहपृष्ठ एनआरएनए पोर्चुगलको पहलमा पीडितको उद्धार
एनआरएनए पोर्चुगलको पहलमा पीडितको उद्धार

गैर आवासीय नेपाली संघ NRNA पोर्चुगलको पहलमा पीडित शिव श्रेष्ठलाई घर फर्काइएको छ। नेपाल स्थायी घर ललितपुर भएका श्रेष्ठ विगत ७ महिना देखि पोर्चुगलको कोईम्ब्रा अस्पतालमा प्यारालाइसिसको उपचार गराइरहनु भएको थियो। २९ बर्षिय श्रेष्ठ एक बर्ष अगाडि एग्रिकल्चर भिषामा पोर्चुगल आउनु भयको थियो।
अचानक प्यारालाइसिसको समस्या देखिए पछि लामो समय देखि उपचारको क्रममा रहनु भएका श्रेष्ठलाई एनआरएनएको पहल र उनको पारिवारिक सल्लाह बमोजिम जनवरी 16 तारिखको दिन बिहान ११:२०को टर्कीस एयरलाइन्स Tk-१७५६ ( लिस्वन-इस्तानबुल)तथा Tk-७२६(इस्तानबुल-काठमाडौं)को फ्लाइट मार्फत नेपाल पठाईएको गैर आवासीय नेपाली संघ पोर्चुगलका महासचिव हेमराज सुवेदीले जानकारी दिनुभयो।
संस्थाको तर्फबाट बरिष्ठ उपाध्यक्ष भिमसेन थापा ,महासचिव हेमराज सुवेदी, कोषाध्यक्ष बिक्रमजंग कुँवर, सदस्य दिपक खत्री लगायतको उपस्थिति मा पीडित श्रेष्ठलाई नेपाल पठाईएको हो।