२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलको पहलमा सम्पर्कबिहिन गुल्मीका खत्रीलाई नेपाल पठाइयो

एनआरएनए पोर्चुगलको पहलमा सम्पर्कबिहिन गुल्मीका खत्रीलाई नेपाल पठाइयो

गैर आवासीय नेपाली संघ पोर्चुगलले सम्पर्कबिहिन भएका गुल्मीका अरुण खत्रीलाई नेपाल पठाएको छ।

केही बर्षदेखि पोर्चुगल बस्दै आएका खत्री केही समयसम्म सम्पर्कबिहिन भएका थिए।उनी सम्पर्कमा नआउँदा परिवार निकै चिन्तित बनेको थियो।

खत्रीको परिवारलेनै एनआरएनए पोर्चुगललाई खोजीदिन विशेष आग्रहनै गरेको थियो।सोही आग्रह बमोजिम सस्थाले खोजीकार्य तीब्र बनाएको थियो।

खत्री सम्पर्कमा आएपछि एनआरएनए पोर्चुगलले तत्काल उनलाई नेपाल पठाएको उपाध्यक्ष शिवसागर बुढाथोकीले जानकारी दिए।

खत्रीलाई बिदाई गर्न अध्यक्ष उमेश कुमार खड्का ,उपाध्यक्ष द्वोय शिवसागर बुढाथोकी ,दिनेश खड्का लिस्वन बिमानस्थल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु