२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलको सक्रियतामा बिरामी गौतमलाई नेपाल पठाइयो

एनआरएनए पोर्चुगलको सक्रियतामा बिरामी गौतमलाई नेपाल पठाइयो

गैराअवासीय नेपाली संघ पोर्चुगलको विशेष सक्रियतामा बिरामी रबिन्द्र गौतमलाई नेपाल पठाइएको छ। ३१ बर्षिय गौतमलाई आजै फलाइट इमिरेट्स मार्फत नेपाल पठाइएको हो।

विगत चार बर्षदेखि पोर्चुगलमा बस्दै आएका गौतम अल्सर र मानसिक समस्याबाट पीडित रहेको संघले जनाएको छ। संघका अनुसार उनले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आएका थिए। केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको संघका अध्यक्ष तिलक गैरेले जानकारी दिए। उनका अनुसार गौतमलाई स्वदेश पठाउन संघले आर्थिक सहयोग समेत गरेको छ।

गौतमलाई नेपाल पठाएपछि संघले आफ्नो आधिकारिक ‘फेसबुक पेज’ मार्फत सबैसमक्ष सो विषयबारे जानकारी गराएको छ। उसले बिरामी गौतमको थप स्वास्थ्य लाभसहित सुरक्षित यात्राको समेत कामना गरेको छ। गौतमलाई स्वदेश पठाउनका लागि संघका अध्यक्ष गैरे, आइसिसी सदस्य रबिन अधिकारी, बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र महासचिव हेमराज सुबेदी लिस्वन विमानस्थल पुगेका थिए। उनी फ्लाई इमिरेट्समार्फत स्वदेश फर्किएका हुन्।

संघका अध्यक्ष गैरेले कोरोना महामारीका बेला सुरक्षित भएर बस्न सबै नेपाली समुदायलाई अनुरोध गरेका छन्। उनले खानपानमा समेत बिशेष ध्यान दिन आग्रह गर्दै पछिल्लो समय नेपाली समुदायमा दुःखका घटनाहरु बढिरहेकोले सबै सचेत भएर बस्न आग्रह गरेका छन्। पठाइएको सम्बन्धमा महासचिव हेमराज सुवेदीले जानकारी दिएका छन्।आगामी दिनमा लोककल्याणकारी कार्यलाई प्राथमिकता दिने महासचिव सुवेदीले नमूना नेपाललाई बताए।

संघका महासचिव हेमराज सुवेदीद्वारा जारी बिज्ञप्ति जस्ताकोतस्तै…..

बिरामी रबिन्द्र गौतमलाई नेपाल पठाइएको जानकारी सम्बन्धमा।

आदरणीय पोर्तुगलबासी दाजुभाई तथा दिदिबहिनीहरु;

पछिल्लो समयमा बिश्व महामारी कोभिड-१९ को कठिन अबस्था साथै अन्य विभिन्न समस्याहरुका कारणले धेरै नेपालीहरुका दु:खद घटना समाचारहरु आइरहेका छन्। यस्ता समस्याहरुका समाधान, पहल, सहयोग र सहजीकरणमा हामी सबै नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ, ( NRNA ) पोर्तुगलले निकै तदारुकताका साथ सहयोग र समन्वय गर्दै आइरहेको यहाँहरुलाई सर्वबिदितै छ।

आजकल प्रायः हप्तामा एक न एक दु:खद समाचारहरु सुनिदै आइरहेका छन् र पनि त्यस्ता अनेकन समस्याहरुमा कोरोना कहरको कठिन अबस्थाका बाबजुद पनि एनआरएनए पोर्तुगलले निकै गम्भीरताका साथ समाधान गरिरहेको छ। यसै क्रममा नेपालमा काभ्रेपलान्चोक जिल्ला घर भै बिगत ४ बर्ष देखी पोर्तुगलमा बस्दै आउनु भएका ३१ वर्षिय रबिन्द्र गौतम लामो समयदेखि अल्सरको उपचार पोर्तो स्थित एक हस्पिटलमा गराइरहनु भएको थियो।

फेरि पछिल्लो समयमा उहाँ मानसिक डिप्रेशनमा परि पुनः हस्पिटलमा उपचाररत रहेको र थप उपचार नेपालमै गएर गर्ने उहाँको परिवारको इच्छा र चाहाना अनुसार बिरामी स्वयम् रबिन्द्र र उहाँकै परिवारजन र आफन्तजनले निकै अनुरोध गर्दै आफ्नो बिरामी छोरालाई नेपाल पठाइदिन आर्थिक सहयोग सहितको पहल एवं अन्य आवश्यक सहयोगका लागि यस हाम्रो संस्था गैर आवासीय नेपाली संघ ,(NRNA) पोर्तुगललाई बिनम्र अनुरोध गरिएको थियो।

सोही अनुरोध अनुरुप आज मिति १० फेब्रुअरी २०२१ तारिक बुधबारका दिन यस संस्थाका अध्यक्ष तिलक गैरे, आईसिसि सदस्य रबिन अधिकारी, बरिस्ठ उपाध्यक्ष भिमसेन थापा, महासचिव हेमराज सुबेदि साथै बिरामीको आफन्तको तर्फबाट सुबास गौतम र सुमन गौतमको उपस्थितमा आज दिउँसो १:३५ को फ्लाई ईमिरेस्ट्सको फ्लाईट नम्बर EK- 192 ( लिस्बोन- दुबई ) र EK 2155 (दुबई- काठमाडौ) को फ्लाइट मार्फत नेपाल पठाइएको जानकारी गराउदछौं।
साथै बिरामी रबिन्द्र गौतमको थप स्वास्थ्य लाभ सहित सुरक्षित यात्राको काममा गर्दछौं।

हेमराज सुवेदी तिलक गैरे
( महासचिव ) ( अध्यक्ष )

गैर आवासीय नेपाली संघ , ( NRNA) पोर्चुगल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु