गृहपृष्ठ एनआरएनए पोर्चुगलद्वारा मेलम्ची बाढी पहिरो पीडितलाई रु. ६ लाख ४० हजार सहयोग
एनआरएनए पोर्चुगलद्वारा मेलम्ची बाढी पहिरो पीडितलाई रु. ६ लाख ४० हजार सहयोग

एनआरएनए पोर्चुगल मेलम्ची बाढी पहिरो पीडितलाई रु. ६ लाख ४० हजार ५८ रुपैया ६५ पैसा सहयोग पठाएको छ।
एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भिमसेन थापाको संयोजकत्वमा गठित सहयोग संकलन समितिले विभिन्न सहयोगी मन र संस्थाहरुबाट सो रकम संकलन गरी मेलम्ची नगरपालिका मार्फत पीडितहरुलाई सहयोग पठाइएको वरिष्ठ उपाध्यक्ष भिमसेन थापाले बताए।
सहयोग संकलन समितिको सदस्यहरुमा एनआरएनए पोर्चुगल कार्यसमिति सदस्य बिशाल आचार्य र क्षेत्रीय समिति अल्गार्भका वरिष्ठ उपाध्यक्ष देवेन्द्र पुन थिए। अल्गार्भ क्षेत्रबाट देवेन्द्र पुनको अगुवाइ र सक्रियतामा सहयोग संकलन भएको थियो।
गत केही साता अघि मेलम्चीमा आएको भीषण बाढी पहिरोले करोडौंको धनमाल क्षति गर्नुका साथ केहीको मृत्यु भएको थियो भने अहिले पनि दर्जनौं बेपत्ता रहेका छन्। सयौं परिवार विस्थापित भएर सहयोगको अपेक्षा गरिरहेका छन्।
यसैबीच सहयोग सकलन समिति, सम्पुर्ण सहयोगदाता महानुभाव र संघ संस्थाहरुलाइ एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेले धन्यवाद ज्ञापन गरेका छन्। संकलित रकम नि:शुल्क नेपाल पठाउन र सहयोग संकलनलाई व्यवस्थित गर्न गुडलक ट्राभल्स लिस्बन सहयोग पुर्याएको थियो।