२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ एनआरएनए पोर्चुगलले भोलीदेखि राहत बाँड्दै, सम्पूर्ण तयारी पुरा : संयोजक कुँवर

एनआरएनए पोर्चुगलले भोलीदेखि राहत बाँड्दै, सम्पूर्ण तयारी पुरा : संयोजक कुँवर

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलले भोलि आइतबार अर्थात मार्च २९ तारिखका दिनदेखि आपतकालीन राहत वितरण गर्ने भएको छ । पोर्चुगलमा नयाँ आएका, रोजगारी नभएका र अति समस्यामा परेका नेपालीका लागि संघले यसरी राहत बाड्न लागेको हो ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेका प्रवासी नेपालीका लागि राहतका प्याकेज ल्याइएको सहयोग समितिका संयोजक विक्रमजंग कुंवरले जानकारी दिए । उनका अनुसार संघले दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, तेल, नुन पास्ता लगायतका सामाग्री वितरण गरिनेछ । ‘हामीले भर्खर मात्रै आएका, रोजगारी नभएका र अति समस्यामा परेका नेपाली दाजुभाई, तथा दिदीबहिनीका लागि राहत वितरणको गर्न लागेका हौं ।’ उनले भने, ‘ समस्यामा परेका सबैजना आउनुस्, आवश्यक खाद्यान्न लिएर जानुस् ।’

आइतबारदेखि दिउँसो २ देखि साँझ ६ बजेसम्म राहत वितरण गरिने छ । उनका अनुसार राहत संघको कार्यालय लिस्बनको आन्जुसबाट वितरण हुनेछ । यसका साथै संघले अल्गार्भ, अलेन्तेजु क्षेत्रीय समितिमार्फत पनि राहत वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु